विनोद अधिकारी । साझा न्यूज
कपिलवस्तु । कपिलवस्तुको सदरमुकाम तौलिहवामा उपेक्षित उष्ण प्रदेशीय रोग दिवस २०८० को अवसरमा स्वयं हेरचाह सिकाई तथा पुनस्र्थापना केन्द्रको स्थापना गरिएको छ । फेयर मेडको सहयोग र कालिका स्वावलम्वन सामाजिक केन्द्रको अगुवाईमा तौलिहवामा स्थापना गरिएको पुनस्र्थापना केन्द्रको उद्घाटन संघिय सासंद बलराम अधिकारीले गरेका छन् ।
नेपालमा सन् २०१० मा कुष्टरोग प्रकोप दर १० हजारमा १ वा १ भन्दा कम भई निवारण घोषणा भएता पनि लुम्विनि प्रदेशमा १ भन्दा वढि भएको हुदा लुम्विनि प्रदेशमा निवारण हुन सकको छैन । प्रत्येक १० हजारमा १ भन्दा कम हुनु पर्ने थियो ५ सय भन्दा कम केश हुन पर्नेमा गत वर्ष कपिलवस्तु जिल्लामा ५६५ केश रहेको पाईन्छ ।
कपिलवस्तु जिल्लाको १२ जिल्लामा ४ वटा जिल्ला इलुमिनेशन भएका छैनन र त्यसमा कपिलवस्तु जिल्ला पनि एक रहेको छ जसको इलिमिनेशन रेट २.४ रहेको छ ।
गत साल कपिलवस्तु जिल्लामा १६८ केश रहेकोमा यस वर्षको ४ महिनामा ३७ केश दर्ता भएका छन । उपेक्षित उष्ण प्रदेशीय रोग मा ११ वटा डिजिड रहको यस रोगलाई राजनितिक प्रतिवद्यताको रुपमा नरहेको र नेपाल सरकारले जनस्वास्थ्य समस्याको रुपमा नलिएका रोगका कारणले गर्दा यस रोगलाई उपेक्षित रोग भनिन्छ ।
विश्व स्वास्थ्य संगठन ले २०१७ सालमा सर्वक्षण गरे अनुसार विश्व भरका २० वटा लाई उपेक्षित उष्ण प्रदेशीय रोगमा सुचिकृत गरेको छ भने नेपाल लाई ११ वटा रोगलाई सुचिकृत गरेको छ । विश्वभरमा १० लाख वढि मानिसहरु यस रोग वाट प्रभावित हुने गरेका छन ।
कुष्ठरोगिहरुले सो कार्यक्रमा मुलुकि देवानी संहिता २०७४ को पारिवारीक कानुन परिच्छेद १, विवाह सम्विन्धि व्यवस्था महल ७१ को २ ग मा कुष्ठरोग भएका व्यक्तिहरु संग विवाह गर्न गराउन नहुने प्रावधानलाई कानुनि रुपमा हटाउन माननीय संघिय संसद वलराम अधिकारी ज्यू मार्मत माननीय सभामुख तथा संघिय संसदको सचिवालयलाई ज्ञापन पत्र पुझाए साथै सोहि समयमा अनलाईन वाट पनि सभामुख तथा संघिय संसदहरुलाई पत्राचार गरे ।
उद्घाटन कार्यक्रममा संघिय सांसद बलराम अधिकारी, प्रदेश सभा सदस्य सुधाकार पाण्डे, जिल्ला सम्वन्वय समितिका प्रमुख वावुराम आचार्य, उपप्रमुख रमेश कुर्मी, शुद्धाेधन गाउपालिकाका प्रमुख कमलेश शरण चाैधरी, फेयरमेडका शशीलाल कर्ण, स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख नारायण कुर्मी, गैरसरकारी संस्था महासंघका अध्यक्ष जय प्रकाश पाण्डेय लगायत अन्य विशिष्ट अतिथिहरुको सहभागिता रहेको थियो ।
कालिकाकी महासचिव शान्ता पौडेलले संचालन गरेको कार्यक्रमको अध्यक्षता कालिका स्वावलम्वन सामाजिक केन्द्रका अध्यक्ष रामेन्द्र सिंह रावलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
















































