Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्थायी बन्ध्याकरण शिविरबाट २ सय ७८ जनाले लिए सेवा

Author Avatar साझा न्यूज 14th February 2024 , 3:37 PM
स्थायी बन्ध्याकरण शिविरबाट २ सय ७८ जनाले लिए सेवा

तौलिहवा, फागुन २ गते । कपिलवस्तुमा स्थायी बन्याकरण गर्ने पुरुषको सङ्ख्या न्यून छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुको आयोजना तथा सुनौलो परिवार नेपाल (मेरी स्टोप्स) को प्राविधिक सहयोगमा विभिन्न पालिकामा सञ्चालित घुम्ती शिविरबाट सो तथ्याङ्क फेला परेको हो । सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा पुरुष बन्ध्याकरण गर्नेको सङ्ख्या न्यून देखिएको स्वस्थ्यकर्मीहरुको भनाइ छ ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका पब्लिक हेल्थ नर्स शान्ति भण्डारीका अनुसार जिल्लाका दश वटै पालिकामा सञ्चालित स्थायी बन्ध्याकरण शिविरबाट २ सय ७४ महिला र ४ जना पुरुष गरी २ सय ७८ जनाले बन्ध्याकरण गराएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘कपिलवस्तुका दश वटै स्थानीय तहमा सञ्चालित स्थायी बन्ध्याकरण शिविरमा मुस्लिम समुदायको बन्ध्याकरण गर्नेको सङ्ख्या शून्य रहेको बताउनुभयो ।’’

स्थायी बन्ध्याकरणका लागि महिलाले गर्ने बन्ध्याकरणलाई मिनिल्याप र पुरुष बन्ध्याकरणलाई भ्यासेक्टाेमी भन्ने गरिन्छ । जसबाट सन्तान पैदा हुन रोकिन्छ । महिलामा गरिने मिनिल्यापभन्दा पुरुषहरुले गर्नेे भ्यासेक्टाेमी बढी सुरक्षित रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । महिलाले परिवार नियोजन गरेमा धेरै आराम गर्नुपर्ने, लामो समय औषधी सेवन गर्नुपर्ने र शल्यक्रियापछि सुरक्षित घर पुर्‍य ाउनुपर्ने, तर पुरुषहरुको शल्यक्रियापछि आफैँ घर जान सक्ने भण्डारीको भनाइ छ ।

पुरुषहरुले स्थायी बन्ध्याकरणपछि शरीर कमजोर हुने, कठिन काम गर्न नसकिने, स्वास्थ्यमा नकारात्मक असर पर्ने, यौनशक्ति कम तथा नपुंसकतासम्म हुने अन्धविश्वासले गर्दा  पुरुषले बन्ध्याकरण नगर्ने उहाँले बताउनुभयो ।

स्वास्थ्य कार्यालय कपिलवस्तुका वरिष्ठ जनस्वास्थ्य अधिकृत नारायणप्रसाद चौधरीका अनुसार पुरुष बन्ध्याकरण कम हुँदा परिवार नियोजन गरेका व्यक्तिहरुको सफल स्टोरी बनाएर पुरुष व्यक्ति खुलेर आउन सक्ने वातावरण बनाइएमा निकट भविष्यमा अवश्य पुरुष बन्ध्याकरणको सङ्ख्यामा बढोत्तरी हुन सक्ने बताउनुभयो ।

महिलाले गर्ने मिनिल्याप  १५ देखि ३० मिनेट लागेर ३ देखि ५ सेन्टिमिटरसम्म चिरेर गर्न सकिन्छ भने जब पुरुषहरुको  भ्यासेक्टाेमी मात्र ७ देखि १० मिनेटमा पाँच एमएम जति चिरेर गर्ने गरिन्छ ।

जिल्लाको महाराजगञ्जमा ४५, बुद्धभूमिमा ४१, कपिलवस्तुमा ३५, बाणगङ्गामा २३, शिवराजमा ३५, कृष्णनगर नगरपालिकामा १२ र विजयनगरमा २५, मायादेवीमा २१, यशोधरामा २५ र शुद्धोधन गाउँपालिकामा १५ जनाले शिविरमा स्थायी बन्ध्याकरण गराएका छन् ।

अर्थिक वर्ष ०७८/०७९मा १९१ महिला र ५ जना पुरुष गरी १९६ ले स्थायी बन्ध्याकरण गराएका थिए । त्यस्तै, आर्थिक वर्ष ०७९/०८० मा २ सय ६० महिला र ५ जना पुरुष गरी २ सय ६५ जनाले स्थायी बन्ध्याकरण गराएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

भर्खरै प्रकाशित

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज