अन्तरक्रिया कार्यक्रममा तमुधींले सबै गुरुङहरुलाई दुख: सुखमा हातेमाले गर्दै गुरुङ जातिको भाषा, संस्कार र संस्कृती नयाँ पुस्ता सहित विदेशी नागरिकहरुलाई केन्द्रितगरी साझा कार्यक्रम गर्ने छिट्टै क्षेत्रिय समितिहरुलाई विधानमा रहेका अस्पष्टहरुलाई समायोजन गर्दै क्षेत्रिय समितिहरुको भेला गरिने एवं ल्होसार लगायतको गुरुङहरुको कार्यक्रमलाई एकआपसमा सहयोग गर्दै सबै स्थानहरुमा गुरुङहरुको चाडपर्व प्रभावकारी तरिकाले मनाउने, वार्षिक कार्यतालिका बनाउने र संयुक्त रुपमा गुरुङ जातिको चाडपर्वहरु मनाउने विषयमा छलफल भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा क्षेत्रिय समितिको तर्फबाट गुरुङ जातिको खानाहरु र गुरुङ जातिको जातिय पहिरान लगाईएको थियो ।