तमुधीं क्षेत्रिय समिति (गुन्मा,तोचोगि, ईबाराकी) द्वारा आईतबार अन्तरक्रिया कार्यक्रम सहित तमुधीं जापानको नवनिर्वाचित कार्यसमितिलाई तोचिगिमा सम्मान गरेको छ ।
तमुधी क्षेत्रिय समितिका अध्यक्ष बिराज गुरुङको अध्याक्षतामा सम्पन्न कार्यक्रममा तमुधीं जापानका अध्यक्ष हिमाली गुरुङ सहित नवनिर्वाचित कार्यसमितिका पदाधिकारी, तमुधीं जापानका पूर्व अध्यक्षहरु गिरी प्रसाद गुरुङ, हर्क गुरुङ, भिम बहादुर गुरुङ, श्री गुरुङको उपस्थिती रहेको थियोभने क्षेत्रिय समितिका पदाधिकारीहरु सहित सल्लाहकार निरज गुरुङ र शन्त बहादुर गुरुङको सहभागिता रहेको थियो ।
तमुधीं (गुन्मा,तोचोगि, ईबाराकी) क्षेत्रिय समितिका महासचिव भरत गुरुङले क्षेत्रिय समितिको कार्यसमितिले अस्पष्ट भएका बिभिन्न विषयहरु प्रस्तुत गर्दै तमुधीं सबै गुरुङहरुको साझा सस्था बनाउन केन्द्र र क्षेत्रिय समितिहरुको कार्यगत एकता, सहकार्य गर्दै जानु पर्ने विषयहरु अन्तरक्रिया कार्यक्रममा राखेका थिए ।
अन्तरक्रिया कार्यक्रममा तमुधींले सबै गुरुङहरुलाई दुख: सुखमा हातेमाले गर्दै गुरुङ जातिको भाषा, संस्कार र संस्कृती नयाँ पुस्ता सहित विदेशी नागरिकहरुलाई केन्द्रितगरी साझा कार्यक्रम गर्ने छिट्टै क्षेत्रिय समितिहरुलाई विधानमा रहेका अस्पष्टहरुलाई समायोजन गर्दै क्षेत्रिय समितिहरुको भेला गरिने एवं ल्होसार लगायतको गुरुङहरुको कार्यक्रमलाई एकआपसमा सहयोग गर्दै सबै स्थानहरुमा गुरुङहरुको चाडपर्व प्रभावकारी तरिकाले मनाउने, वार्षिक कार्यतालिका बनाउने र संयुक्त रुपमा गुरुङ जातिको चाडपर्वहरु मनाउने विषयमा छलफल भएको थियो।
अन्तरक्रिया कार्यक्रममा क्षेत्रिय समितिको तर्फबाट गुरुङ जातिको खानाहरु र गुरुङ जातिको जातिय पहिरान लगाईएको थियो ।


















































