साझा न्यूज । कपिलवस्तु
हिन्दुवादी अगुवाहरुले तौलिहवामा धर्म निरपेक्षताको विरोध गर्दै नेपाललाई सनातन हिन्दु राष्ट् घोषणा गर्नु पर्ने माग गर्दै प्रदर्शन गरेका छन् । विश्व हिन्दु महासंघ नेपालको लुम्विनी प्रदेश अधिवेशनको अवसरमा तौलिहवामा हिन्दुवादी अगुवाहरुले प्रदर्शन गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय चौक अगाडी जम्मा भई हिन्दुवादी अगुवाहरुले धर्मनिरपेक्षताको विरोध जनाएका हुन् । विश्व हिन्दु महासंघ नेपालका राष्ट्यि अध्यक्ष रामचन्द्र अधिकारी, पुर्व मन्त्री दीपकुमार उपाध्याय, पुर्व सांसद शंकर पाण्डे लगायतका हिन्दुवादी नेताहरुको नेतृत्वमा प्रदर्शनमा उत्रिएका हिन्दु राष्ट् समर्थकहरुले तौलिहवा बजारको नयांटोल, गौढी चौक, चौक बजार, जिल्ला प्रशासन कार्यालय चौक लगायतका स्थानहरुमा नारावाजी गर्दै हिन्दु राष्ट् स्थापनाका लागि घर घरबाट सडक संघर्षमा निस्कन आग्रह गरिएको विश्व हिन्दु महासंघ नेपालका केन्द्रिय सदस्य तथा कार्यक्रम आयोजक मुल समितिका संयोजक डा. कालीपद शर्मा जोनसोनले बताए ।
पश्चिमी राष्ट्हरुको प्रभावमा परेर नेपाली जनताको चाहना विपरित संविधानमा धर्मनिरपेक्षता लादिएको पुर्व मन्त्री दीप कुमार उपाध्यायले बताए । सवै वर्ग धर्म समुदायलाई संरक्षण गर्दै नेपाललाई सनातन हिन्दु राष्ट् कायम गर्नु पर्नेमा नेता उपाध्यायले जोड दिएका छन् ।
नेपाली कांग्रेसको महासमिति वैठकमै जोडदारका रुपमा सनातन हिन्दु राष्ट् स्थापनाको एजेण्डाले स्थान पाए जस्तै अब हरेक राजनैतिक दल भित्र यस विषयले प्राथमिकता पाउंदै जान्छ, नेता उपाध्यायले भने ।
सो अवसरमा विश्व हिन्दु महासंघको प्रदेश अधिवेशनले वरिष्ठ अधिवक्ता वेन बहादुर पौडेलको अध्यक्षतामा ८ सदस्यीय लुम्विनी प्रदेश समिति गठन गरिएको छ ।
कार्यक्रम भव्यताका साथ सम्पन्न गर्न सक्रिय भई काम गरेको भन्दै कार्यक्रम संयोजक डा.कालीपद शर्मा जोनसोनलाई सम्मान समेत गरिएको छ ।