Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सञ्चार माध्यमलाई प्रशासनले नियमन गर्ने गृहमन्त्रीको निर्देशन सच्चाउन प्रेस युनियनको माग

Author Avatar साझा न्यूज 21st March 2024 , 8:05 PM
सञ्चार माध्यमलाई प्रशासनले नियमन गर्ने गृहमन्त्रीको निर्देशन सच्चाउन प्रेस युनियनको माग

काठमाडौं, चैत ८ । गृह मन्त्रालयले अनलाइन समाचार पोर्टल, फेसबुक, एक्स (ट्विटर) लगायतका सामाजिक सञ्जाल र छापा माध्यममा प्रकाशन भएको सामाग्रीको नियमन र कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई प्रत्यायोजन गरेर दिएको निर्देशनप्रति नेपाल प्रेस युनियनले आपत्ति व्यक्त गरेको छ ।

नेपालको संविधानले सुरक्षित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित र कुण्ठित गर्ने ध्येयले गृह मन्त्रालयले दिएको निर्देशन तत्काल सच्चाउन युनियनले माग गरेको छ । नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेले विहीवार एक विज्ञप्ति प्रकाशित गरी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सम्पादकीय स्वतन्त्रतामा हस्तक्षेप हुने गरी गृह मन्त्रालयले दिएको हुकुमी शैलीको लिखित निर्देशनलाई तत्काल खारेज गर्न माग गरेका छन् ।

मुलुकको संविधान र कानुनलाई समेत बेवास्ता गर्दै उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेले हुकुमी शैलीमा सञ्चार माध्यमको कन्टेन्टमा नियमन गर्ने गरी दिएको यो लिखित निर्देशनले बिधिको शासन, कानुनी राज्यको समेत उलंघन गरेको उल्लेख छ । सञ्चार कर्मबाट राजनीतिमा प्रवेश गरेका लामिछानेले सस्तो लोकप्रियताका लागि आफ्नो क्षेत्राधिकार बाहिर गएर संविधानको भावना र मर्म विपरित निर्देशन दिएको युनियनले जनाएको छ ।

सञ्चार माध्यममा प्रकाशित भएको समाचार अनर्गल, आधारहीन, भ्रामक भएको तथ्य चाँज गर्ने काम गृह प्रशासनको नभएको स्पष्ट पार्दै समाचारको विषयमा चित्त नबुझे, गुनासो भए प्रेस काउन्सिल नेपालमा उजुरी गर्न आग्रह गरेको छ । सञ्चार माध्यमले आचारसंहीतालाई पूर्ण कार्यान्वनयमा ल्याउनुपर्छ भन्ने युनियनको मान्यता रहेको युनियनका महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सञ्चार कर्मबाट राजनीतिक कर्म सुरु गरेका उपप्रधानमन्त्री तथा गृहमन्त्री छामिछानेलाई आफ्नो राजनीतिक यात्राको जगलाई स्मरण गराउँदै प्रेस स्वतन्त्रताप्रतिको प्रतिवद्धताबाट विचलित नहुन पनि युनियनले आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण दिवसका अवसरमा अग्रज निर्माण व्यवसायी सम्मान

निर्माण दिवसका अवसरमा अग्रज निर्माण व्यवसायी सम्मान

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

लुम्बिनीमा १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीहरुले शल्यक्रिया

लुम्बिनीमा १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीहरुले शल्यक्रिया

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

एनपिएलः आज खेल नहुने

एनपिएलः आज खेल नहुने

भर्खरै प्रकाशित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज