साझा न्यूज । कपिलवस्तु
वार्षिक परीक्षा संचालन र परीक्षाफल प्रकाशित गरी फुर्सदको समयलाई सदुपयोग गर्दै कपिलवस्तु नगरपालिका वडा नं. २ वर्दहवा स्थित गौतमबुद्ध प्रा.वि.का शिक्षिकाहरुले नयां शैक्षिक सत्र २०८१ का लागि शैक्षिक सामाग्री निर्माण गरेका छन् ।
मौसम पात्रो, गोजी पात्रो, पजल लगायतका शैक्षिक सामाग्रीहरु निर्माण गरिएको विद्यालयले जनाएको छ । शैक्षिक सामाग्रीको प्रयोगबाट शिक्षण कार्य गर्दा बढी प्रभावकारी हुने हुदा हरेक कक्षाका हरेक विषय शिक्षकहरुले आआफ्नो पाठ योजना अनुसारका शैक्षिक सामाग्रीहरु तयार गरेर राखेको विद्यालयकी प्रधानाध्यापक सुजता सुवालले बताईन् ।
यो विद्यालयमा सवै महिला शिक्षिका छन् । शैक्षिक सत्र २०८१ लागि पुग्रने शैक्षिक सामाग्री निर्रमाण पछि याे विद्यालयका शिक्षिकाहरू विद्यार्थी भर्ना अभियानमा घर दैलाेमा जुटेका छन् ।
शिक्षकहरुको यस्तो उत्साह र हौसला बढाउन विद्यालय व्यस्थापन समिति स्थानीय अभिभावकहरुले पनि विद्यालयमा निरन्तर रुपमा सरसल्लाह र सुझावहरु दिने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुख्तार अहमद खांले बताए ।
शिक्षण कार्य गर्दा अनिवार्य रुपमा शैक्षिक सामाग्रीहरुको प्रयोग गर्नु पर्ने दायित्व हरेक शिक्षकको रहेको हुंदा आफ्नो दायित्व सवै शिक्षकहरुले बुझ्नु पर्ने कपिलवस्तु नगरपालिका शिक्षा शाखाका प्रमुख उपसचिव हरि प्रसाद ज्ञवालीले बताए ।
बाल विकासबाट कक्षा ४ सम्म संचालनमा रहेको यो विद्यालयमा २ जना राहत दरवन्दीका र बालविकास तथा वडा कार्यालयको स्रोतबाट अन्य ५ जना शिक्षिकाहरु कार्यरत छन् । कक्षा बालविकास देखि कक्षा ४ सम्म यहां १ सय ८१ जना विद्यार्थीहरु अध्ययनरत छन् ।