राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर राजा शेख तमिम बिन हमाद अल थानी बीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता भएको छ ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपति भवन शीतल निवास आइपुग्दा उनलाई राष्ट्रपति पौडेलले स्वागत गरेका थिए ।
भेटवार्तामा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उर्जा तथा जलस्रोत मन्त्री शक्ति बहादुर बस्नेत, परराष्ट्र मन्त्रलायकी सचिव सेवा लम्साल, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, प्रमुख स्वकीय सचिवसहित राष्ट्रपतिका विज्ञ एवम् सल्लाहकार सहभागी छन्।
भेटवार्तामा कतारको तर्फबाट उच्च प्रतिनिधिमण्डलको सहभागिता छ ।
राष्ट्रपति पौडेल र कतारका अमिर बीचको भेटमा आपसी हित र चासोबारे छलफल भएको जनाइएको छ ।