साझा न्यूज । कपिलवस्तु
कपिलवस्तु, २४ वैशाख । कपिलवस्तु मालपोत कार्यालयका एक सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धानको टोलीले ३० हजार नगद घुस सहित पक्राउ गरेको छ । कार्यालयका नायब सुब्बा नरहरी खनाललाई अख्तियारको टोलीले जग्गा नामसारी गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट नगद रु. ३० हजार घुस लिंदा लिदै पक्राउ गरेको हो ।
तौलिहवा स्थित मालपोत कार्यालय नजिकै रहेको उनको कोठाबाट उनलाई पक्राउ गरिएको हो । अख्तियार टोलीले अन्य कागजी प्रक्रियाको काम अघि बढाईरहेका छन् ।
















































