साझा न्यूज । कपिलवस्तु
हज समिति सदस्य राशिद मिर्जा को पहलमा जिल्लाका २ स्थानमा एक दिने प्रशिक्षण कार्यक्रम संचालन गरिएको छ ।
जिल्लाका ३ पालिका कृष्णनगर शिवराज र विजयनगर हज यात्रिहरुलाई आईतवार कृष्णनगर नगरपालिकामा र अन्य ७ पालिकाका हज यात्रीलाई सोमवार कपिलवस्तु, महाराजगंज, शिवराज, वाणगंगा, यशोधरा, मायादेवि, शुद्धोधनका हजयात्रिलाई कपिलवस्तु नगरपालिमामा वडा नं. १ रहेको स्लामिक लाईब्रेरीमा प्रशिक्षण कार्यक्रम गरिएको थियो ।
मुस्लिम समुदायको पवित्र धार्मिक स्थल मक्का मदिनाको हजको विषयमा जानकारी गराउने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो ।
प्रशिक्षण कार्यक्रममा हजयात्रीहरुलाई मक्का मदिना पुगेपछि हज गर्ने, नमाज पढने, कपडा लगाउने र दान पुन्य गर्ने विषयमा प्रशिक्षण गरिएको थियो ।
कपिलवस्तु बाट यस वर्ष ८६ जना हजका लागि साउदी अरब जादै छन । नेपाल हज समितिका नव नियुक्त सदस्य राशिद मिर्जाको पहलमा हाजीहरुलाई धार्मिक गुरुहरुले प्रशिक्षिण दिनु भएको हो।
कार्यक्रममा विशेष अतिथिको रूपमा मुस्लिम आयोगका माननीय सदस्य महमदिन अलिले शुभकामना दिनु भएको थियो। मुस्लिम आयोगका सदस्य एवं प्रवक्ता मिर्जा अरशद बेगको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
















































