कपिलवस्तु । मुस्लिम धर्मावलम्बीले दोस्रो महान पर्व ईद–उल–अजहा (बकर ईद) मनाए । इदुल फित्र अर्थात् रमजान पर्वको ७० औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ ।
जिल्ला भित्र रहेका नजिकैको मस्जीद तथा इदगाहामा गएर मुस्लिम धर्मावलम्बीले सामूहिक भेला भई नमाज पढेर एक अर्कालाई शुभकामना आदान प्रदान गरेका थिए ।
मुस्लिम धर्मावलम्बीलाई बकर र्ईदको शुभकामना दिन राजनीतिक दलका नेता,स्थानिय जनप्रतिनिधि, व्यापारी, पत्रकार लगायत व्यक्तिहरु मस्जिद तथा इदगाह पुगेका थिए ।
हिजरी संवत अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउने गरिएकाे स्थानीय राजनैतिक अगुवा खुर्सेद अहमद खांले बताए ।
यस पर्वमा अल्लालाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिन्छन् । बकर ईदमा कुर्बानीको मासु लाई तीन भागमा बाँडी वितरण गर्ने गरिन्छ जसमा एक भाग गरिब एवं विपन्न परिवारलाई, अर्को एक भाग आफ्ना इष्टमित्रलाई र तेस्रो भाग आफैँले खानुपर्ने मुस्लिम धार्मिक मान्यता रहेकाे मुस्लिम अगुवा रउफ अहमद खांले बताए ।
मुस्लिम धर्मावलम्बीले बकर ईद लाई तीन दिन सम्म मनाउने गर्दछन । वकरिद को दिनमा सवै भन्दा पहिले विहान उठि नुहाएर नया लुगा लगाई मस्जिद वा इदगाह गई नवाज पढेर घरमा आईन्छ । त्यस पछि तुम्वा खसि लाई कुवार्नी गरिन्छ ।
यस पर्व ३ दिन सम्म वनाईन्छ र तिन दिन सम्मै तुम्वा खसिको कुवार्नी दिएर वकरिद मनाईने मुस्लिम धर्मगुरु मौलाना अलि हसन निजामीले वताए ।
बकरिद पर्वका अवसरमा ताैलिहवा स्थित वसपार्क संगै रहेकाे इदगाहा पुगेर लुम्विनी प्रदेश सभा सदस्य सुधाकर पाण्डेय, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पाैडेल लगायतका जनप्रतिनीधीहरूले इस्लाम धर्मावलम्वीहरूलाइ बकरिद पर्वकाे शुभकामना दिएका थिए ।