साझा न्यूज । कपिलवस्तु
जलवायु मैत्री कृषि, धान उत्पादनमा बृद्धि भन्ने नाराका साथ यस २१ औं राष्ट्यि धान दिवस शुद्धोधन गाउंपालिका वडा नं. १ सुर्जवलिया स्थित न्यू दुर्गामाई साना कृषक समूहको धानखेतमा मनाईएको छ ।
किसानको मनोवल उच्च राखी उनीहरुको श्रमको सम्मान गर्ने उद्धेश्यले नेपाल सरकार कृषि मन्त्रालयले मुलुक भरी असार १५ लाई राष्ट्रिय धान रोपाइ दिवसको रुपमा मनाउने गरेको छ । मानो रोपेर मुरी फलाउने दिनका रुपमा यस दिन अधिकाशं स्थानमा रोपाइ गरि धान दिवस मनाृउने गरिन्छ । कपिलवस्तु जिल्लाका विभिन्न स्थानमा रोपाइ जात्रा तथा धान दिवस मनाइएको छ ।
विएमजेड वेल्थहंगरहिल्फेको आर्थिक सहयोग फरवार्ड नेपाल र कालिका स्वावलम्बन सामाजिक केन्द्रको सहयोगमा अधिकारमूखी सुधारिएको खाद्य प्रणाली परियोजनाको नेतृत्वमा कार्यक्रम सम्पन्न गरिएको हो । शुदोधन गाउँपालिका तथा कृषि ज्ञान केन्द्रको समन्वयमा शुद्धोधन गाउँपालिकाको बडा नं १ सुर्जवलियामा रहेको न्यु दुर्गामाई साना किसान समुहको समुहमा धान रोपाइ तथा असल कृषि अभ्यास सम्वन्धी समुदायमा सचेतना जगाउनका लागी एक औपचारिक कार्यक्रम आयोजना गरिएको थियो ।

उक्त कार्यक्रमको अध्यक्षता सारजु कहार (समुहकी अध्यक्ष)कोअध्यक्षता जिल्ला समन्ँवय समितीका प्रमुख बाबुराम आचार्य ज्युको प्रमुख आतित्थ्यता फरवार्ड नेपालका बरिष्ठ कार्यक्रम प्रवन्धक तिर्थराज त्म्सििना ज्यको स्वागत मन्तव्य ,जिल्ला समन्वय उपप्रमुख रमेश कुमी, कालिका स्वावलम्वन सामाजिक केन्द्रका का.वा अध्यक्ष श्री मन्दिप सिह, डब्लु.एच.एच. का प्राविधिक संयोजक उत्तम शर्मा, विशिष्ठ आतित्थ्यता का.वा बडा अध्यक्ष मिना फकिर, पशु प्राविधिक सहकारी संस्थाका प्रतिनिधी लगायत समुदायका सदस्यहरु र अन्य किसानहरुको सक्रिय सहभागीता थियो ।
कार्यक्रम संचालन परियोजनाकी कार्यृक्रम संयोजक कमला सापकोटाले गरेकी थिइन । कार्यक्रममा डब्लु.एच.एच. का प्रतिनिधीले धान खेतीको उत्पादनमा जलबायु परिवर्तनका असर र यसले मानव जगतमा पारेको प्रभाव साथै खाद्य सुरक्षाका लागी धान खेती एक भरपर्दो खाद्यान्नको रुपमा रहेको बताउए । पोषण सुधारका लागी सुधारिएको खाद्य प्रणाली प्रति सचेत रही जलवायु मैत्री कृषि प्रणालीलाई ध्यान दिनुपर्ने कुरामा जोड दिएका थिए ।


कार्यक्रमका प्रमुख अतिथी समन्वय प्रमुख बाबुराम आचार्यले यस समय किसानलाई कामको चटारोको समय समयको महत्व संगै आकासे पानीको आश्रित हामी किसानले विउ रोपेर मात्र नहुने त्यसको उत्पादनका लागी समय समयमा त्यसको समय अनुकुल रेखदेख मलजलको प्रयोग गरि उत्पादन र बजारीकरण सम्मका कुरालाई ध्यान दिनुपर्नेमा जोड दिए ।
कार्यक्रमको उदघाटन सवै सहभागीहरुको सहभागीतामा अवधी भाषामा असारे गित गाउदै धान रोप्दै उदघाटन गरिएको थियो । सो अवसरमा करीब ४ कठठा खेतमा धान रोपाइ गरिएको थियो । कार्यक्रम समापन पश्चात असार १५ मा खाने दहि चिउरा खादै सामुहिक तस्वीर सहित समापन गरिएको थियो । सो अवसरमा कालिका स्वावलम्वन सामाजिक केन्द्रका कार्यवाहक अध्यक्ष मंदिप सिंह, जिल्ला समन्वय समितिका उप प्रमुख रमेश चौधरी लगायतको उपस्थिति रहेको थियो ।

यसै गरी यशोधरा गाउपालिका र फरर्वाड नेपाल, कालिका स्वावलम्वन साामाजिक केन्द्रको संयुक्त आयोजनामा यशोधरा गाउपालिका बडा नं १ तिर्तिखीमा पनि धान दिवस सम्पन्न गरिएको छ । गाउपालिका अध्यक्ष श्री शिवदयाल तिवारी ज्युको अध्यक्षता ,कृषि विकास शाखा लगायत सबै सरोकारबालको उपस्थितीमा खेतमा धान रोपि धान दिवस मनाइयो थियो ।

















































