राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कांग्रेस र एमालेबीच बन्न लागेको गठबन्धनमा सहभागी नहुने भएको छ।
परिवर्तित राजनीतिक अवस्थाबारे छलफल गर्न आज बिहान बसेको रास्वपाको सचिवालय बैठकले कांग्रेस–एमालेबीचको नयाँ गठबन्धनबाट बन्ने सरकारमा सहभागी नहुने निर्णय गरेको हो।
पार्टीका महामन्त्री डा. मुकुल ढकालले पार्टीको सचिवालय बैठकले नयाँ गठबन्धनमा बन्ने सरकारमा सहभागी नहुने निर्णय गरेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए।
संसद्को बाँकी कार्यकाल आधा–आधा प्रधानमन्त्री चलाउने गरी दुई ठूला दल कांग्रेस र एमालेले गएको मध्यरातमा सहमति गरेसँगै नयाँ गठबन्धन बनेको हो।
एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा पहिलो कार्यकालमा सरकार गठन गर्ने र दोस्रो कार्यकाल कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सहमति दुई पार्टीले गरेका छन्।