साझा न्यूज । कपिलवस्तु
विपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस कपिलवस्तु नगर समितिले विपी स्मृति विचार गोष्ठी सम्पन्न गरेको छ । तौलिहवा स्थित विपी स्मृति भवनमा सम्पन्न विचार गोष्ठीमा सहभागी अधिकांश वक्ताहरुले विपीले देखाएको बाटो नहिडेका कारण नेपाली कांग्रेस दिन प्रति दिन ओराला लाग्दै गरेको बताए ।
कार्यक्रममा सहभागी अधिकांश अगुवा कार्यकर्ताहरुले केन्द्रकै नेताहरुबाटै पार्टी भित्र गुट उपगुटको संस्कार हावी भएको बताए । सो अवसरमा नेपाली कांग्रेसका महाअधिवेशन प्रतिनिधी प्रकाश घिमिरेले पार्टी नेता कार्यकर्ताहरु एकजुट भई अघि बढे मुलुकको कुनै शक्तिले पनि नेपाली कांग्रेसलाई हल्लाउन नसक्ने दाबी गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला नेताहरु शोहरत तेली, मोहन दाहाल, प्रकाश गैरे, चर्तुभुज मणि त्रिपाठी, राम आषीश पाण्डेय लगायतले विपीको चिन्तन र आदर्शका बारेमा चर्चा गरेका थिए ।
सो अवसरमा नेपाली कांग्रेसका जिल्ला नेताहरु गंगा विष्ट, नेतृ सरस्वती शुक्ला, वडा अध्यक्ष ईन्सान अली धुनिया, पुर्व वडा अध्यक्ष राम भजन कलवार, ईरसाद अहमद खां लगायतको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेस नगर सभापति खुर्सेद अहमद खांले वडा, गाउं, नगर तथा क्षेत्रका नेता कार्यकर्ताहरु पार्टीको मुल एजेण्डामा केन्द्रित भई गाउं गाउंबाट संगठन विस्तारको अभियानमा सवै जुट्नु पर्नेमा जोड दिए । कार्यक्रम नगर सचिव नगेन्द्र यादवको संचालनमा सम्पन्न भएको थियो ।