Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तु जिल्लाका चार वटै सरकारी अस्पतालमा स्त्री राेग विशेषज्ञ डाक्टरकाे अभाव

Author Avatar साझा न्यूज 7th August 2024 , 11:22 AM
कपिलवस्तु जिल्लाका चार वटै सरकारी अस्पतालमा स्त्री राेग विशेषज्ञ डाक्टरकाे अभाव

कपिलवस्तु, २३ साउन । जिल्लाका ४ वटै सरकारी अस्पतालहरुमा महिला रोग विशेषज्ञ डाक्टर नहुंदा महिला तथा गर्भवती महिलाहरुलाई उपचारमा समस्या आएको छ । जिल्लामा एक मात्र स्त्री रोग विशेषज्ञ डाक्टर विपिन जयसवाल कपिलवस्तु अस्पतालबाट काठमाण्डौं काज फिर्ता भए पछि जिल्लामा स्त्री रोग विशेषज्ञ डाक्टरको अभाव भएको हो ।

कपिलवस्तु अस्पतालमा गर्भवती महिलाको प्रसुति शल्यक्रिया, सामान्य महिलाको महिला सम्वन्धी विभिन्न रोगहरुको पहिचान र उपचार, जटिल खालका शल्यक्रियाहरुमा स्त्री रोग विशेषज्ञ नहुदा समस्या देखिएको कपिलवस्तु अस्पताल विकास समितिका अध्यक्ष शिवलाल यादवले बताए ।

स्त्री रोग विशेषज्ञ डाक्टर नहुदा आम सर्वसधारण महिला र गर्भवती महिलाहरुले सीमावर्ती भारतीय शहरका अस्पताल, भैरहवा तथा बुटवलका निजी अस्पतालहरुमा महंगो शुल्क तिरेर औषधी उपचार गराउन बाध्य बनेका छन्, अध्यक्ष यादवले भने, अस्पतालमा स्त्री रोग विशेषज्ञ डा. विपिन जयसवाल हुदा ठुलो संख्यामा गर्भवती महिला र अन्य महिलाहरुले स्वास्थ्य सेवा पाएका थिए । तर अब बाध्य भएर हामीले स्त्री रोग सम्वन्धी विरामीहरुमा केही जटिल समस्या देखिए तुरुन्तै भैरहवा तथा बुटवलका स्वास्थ्य संस्थाहरुमा रेफर गरी पठाई रहेका छौं ।”

नियमित रुपमा चेक जांच गराउन आईरहेका गर्भवती महिलाहरु पनि पछिल्लो पटक कपिलवस्तु अस्पतालमा स्त्री रोग विशेषज्ञ नहुदा बुटवल तथा भैरहवाका स्वास्थ्य संस्थाहरुमा जान बाध्य बनेका छन् । गर्भवती आफ्नी भाउजुलाई कपिलवस्तु अस्पतालमा प्रसुति गराउन ल्याए पनि अस्पतालमा स्त्री रोग विशेषज्ञ डाक्टर नभएको थाहा पाए पछि आफुले भाउजुलाई बुटवल लैजान परेको कपिलवस्तु नगरपालिका वडा नं. ९ की जानकी थारुले बताईन् ।

यस्तै समस्या कपिलवस्तु अस्पतालमा आउन अन्य गर्भवती महिलाहरुले पाउने गरेका छन् । जिल्लामा रहेको एक जना स्त्री रोग विशेष डाक्टर काज फिर्ता हुदा पनि जिल्लाका विभिन्न तहमा निर्वाचित जनप्रतिनिधीहरुले कुनै पहल नगरेको भन्दै कपिलवस्तु नगरपालिका वडा नं. ६ सेमरीका युवराज कुर्मीले आक्रोश पोखे ।

कपिलवस्तु अस्पाल जस्तै जिल्लाको बहादुरगंज स्थित शिवराज अस्पताल, वाणगंगाको पिपरा अस्पताल र चन्द्रौटाको शिवराज आधारभुत नगर अस्पतालमा पनि स्त्री रोग विशेषज्ञ डाक्टरको अभाव रहेको छ । जिल्लामा काजमा सरुवा भई आएका स्त्री रोग विशेषज्ञ डा. विपिन जयसवाल कपिलवस्तु अस्पतालमा १ वर्ष काजमा कार्यरत रहे पनि फिर्ता हुदा जिल्ला स्त्री रोग विशेषज्ञ डाक्टर विहिन बनेको हो ।

स्त्री रोग विशेषज्ञ डाक्टरको अभावमा गर्भवती महिलाको कठिन अप्रेशन, पाठे घरको अप्रेशन, ट्युमरको अप्रेशन जस्ता स्वास्थ्य समस्याहरु महिलाहरुले भोग्दै आएका छन् । साभार अन्नपूर्ण पोष्ट दैनिक ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

भर्खरै प्रकाशित

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज