Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

चरेश ओसार्न विपन्न महिलालाई भरियाका रुपमा प्रयोग

Author Avatar साझा न्यूज 8th September 2024 , 4:46 PM
चरेश ओसार्न विपन्न महिलालाई भरियाका रुपमा प्रयोग

लागुऔषध चरेश ओसारपसार तथा ढुवानीमा महिलाहरुलाई भरियाको रुपमा प्रयोग गर्ने क्रम बढिरहेको छ। चरेश कारोबारीहरुले महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी भारत तर्फ चरेश ढुवानीमा महिलाहरुको प्रयोग गर्दै आइरहेका हुन्।

गत आर्थिक वर्ष २०८०/०८१ मा ३४ किलो १७० ग्राम चरेश बरामद हुँदा पाँच जना महिला पक्राउ परेका थिए। सो वर्ष चरेश ढुवानीमा पुरुष भने दुई जना मात्र पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यस्तै, आर्थिक वर्ष २०७९/०८० मा ४० किलो ९९६ ग्राम चरेश बरामद हुँदा ६ जना महिला पक्राउ परेका थिए। सो आर्थिक वर्षमा पक्राउ पर्ने पुरुषको संख्या पनि ६ नै रहेको छ।

त्यही आर्थिक वर्षमा १५ किलो ५६० ग्राम अफिम बरामद हुँदा तीन जना महिला समेत पक्राउ परेका थिए। उनीहरु पनि ओसारपसारकै आरोपमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

चरेशका कोरोबारीहरुले विकट पहाडी जिल्लाका विपन्न महिलाहरुलाई आर्थिक प्रलोभनमा पारी ढुवानीमा रुपमा प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

आर्थिक स्थित कमजोर भएका रुकुम, रोल्पा सल्यान, दाङ लगायतका पहाडी जिल्लाहरुमा रहेका महिलाहरुलाई प्रलोभनमा पारी चरेश ढुवानीमा प्रयोग गर्दै आएको प्रहरी नायब हरि बहादुर ओलीले बताए। ‘चरेश ढुवानीमा महिलाहरुको निकै प्रयोग निकै बढेको छ।’ उनले भने।

कपिलवस्तुको कृष्णनगर र त्यसको पश्चिमी नाकाहरु लागुऔषध चरेश निकासीको ट्रान्जिट प्वाइन्ट बनेको पाइएको छ। पहाडी जिल्लाहरु रुकुम रोल्पा लगायतका जिल्लाहरुमा उत्पादन हुने चरेश जिल्लाका त्यही नाका हुँदै भारत तर्फ लुकाई छिपाई लैजाने गरिएको छ।

पक्राउ परेका भरियाहरुका अनुसार पहाडी जिल्लाबाट कपिलवस्तुको शिवराज नगरपालिकामा पर्ने शिवगढी क्षेत्रमा चरेश ल्याइने गरिन्छ। र त्यहाँबाट कारोबारीहरुले उनीहरुकै प्रयोग गरी लागुऔषध भारतको लखनउ लगायतका विभिन्न स्थानमा पुर्‍याउने गर्छन्।

बर्षाै‌ंदेखि चरेशको यसरी अवैध ओसारपसार हुँदै आएको छ। चरेशको निकासी बढेको सुराकी पाए पछि प्रहरीले चरेश निकासीको जालो तोड्ने अभियान नै संचालन गरेको जनाएको छ। ‘हामीले पनि चरेश निकासी हुने रुट पत्ता लगाउने अभियान चलाएका छाैं’ प्रहरी उपरीक्षक नवरत्न पौडेलले बताए।

कारोबारीहरुले पहाडी जिल्लामा उत्पादन भएका चरेश महिलाको प्रयोग गरी कम्मर झोला, भटमास, सिमीको दाना लगायतका सामानसँगै लुकाएर लग्ने गरेको उनी बताउँछन्।

घटनामा भयिराहरु मात्र पक्राउ पर्ने गरेका छन्। कारोबारीहरू भने प्रहरीको फन्दामा कम मात्र पर्ने गर्छन्। पक्राउ परेका महिलाहरूले आफूहरूलाई चरेश ढुवानी गर्दा जेल जानु पर्छ भन्ने समेत कुरा थाहा नभएको बताउने गरेको प्रहरी उपरीक्षक पौडेलले सुनाए।

‘हामीले चरेश सहित लागु औषध नियन्त्रणमा विशेष कदम चालेका छौं, तर ढुवानीमा भरियाका रुपमा महिला र विपन्न परिवार मात्र प्रयोग हुने गरेको छ’ उनले भने।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज