Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एक वर्षमा ३७ किलोमिटर सडक कालोपत्र

Author Avatar साझा न्यूज 13th September 2024 , 5:32 PM
एक वर्षमा ३७ किलोमिटर सडक कालोपत्र

कावासोती, भाद्र २८ गते । नवलपुरमा एक वर्षको अवधिमा ३७ किलोमिटर सडक कालोपत्र भएको छ । पूर्वाधार कार्यालयले आफू मातहतका विभिन्न सडक योजनाअन्तर्गत जिल्लामा आर्थिक वर्ष २०८०-८१ मा ३७ किमी सडक कालोपत्र गरिएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

कावासोती नगरपालिकाले पूर्वाधार विकास अन्तर्गत आर्थिक वर्ष २०८०-८१ मा ५.८ किलोमिटर सडक कालोपत्रे गरेको छ । सडक कालोपत्रे, पिसिसी र ग्राभेल गर्ने कार्यसँगै कावासोती नगरपालिकाको रुप फेरिएको छ । गाउँका भित्रि सडक विस्तार गर्न सडक स्तरोन्नति तथा कालोपत्रेलाई प्राथमिकता दिएको नगरप्रमुख विष्णु भुसालले बताउनुभयो।

कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिला राज पौडेलले नगरभित्रका १७ वटा वडाहरूमा गत आर्थिक वर्ष जम्मा पाँच हजार आठ सय तीन मिटर सडक कालोपत्रे गरिएको बताउनुभयो । सडक कालोपत्र, स्तरोन्नती , खानेपानी, ढल तथा सिँचाइ कुलो निर्माण, खोला तटबन्ध, विद्यालयका भवन निर्माण तथा मर्मत, धार्मिकस्थल निर्माण तथा मर्मत, पार्क तथा खेल मैदान निर्माण, पर्यटकीय पूर्वाधारमा निर्माण लगायतका क्षेत्रमा कार्य गरेको उहाँले बताउनुभयो ।

गत आर्थिक वर्ष कावासोती नगरभित्र ३.६ किलोमिटर बाटोमा मोजाएक टायल विच्छाइएको छ । वडा नं. २, ३, ६, ७, ८, ११, १६ र १७ मा मोजाएक टायर विच्छाइएको हो । ९.३६ किलोमिटर बाटो ग्राभेल गरिएको छ भने २६.७ किलोमिटर बाटो मर्मत गरिएको छ । गत आवमा एक सय ९३ मिटर बरावरको बाटो ढलान गरिएको छ । वडा नं. १ मा ६५ मिटर र वडा नं. ९ मा एक सय २८ मिटर बाटो ढलान गरिएको हो ।

पूर्वाधार विकास शाखाका सव इन्जिनियर रञ्जित केसीले गत आर्थिक वर्षमा कावासोती नगरपालिकाभित्र ४५ वटा कल्भर्ट निर्माण गरिएको बताउनुभयो । वडा नं.५ मा ९ वटा, वडा नं. ६ र ९ मा ५-५ वटा, वडा नं.१६ मा ४ वटा, वडा नं. १२ र १७ मा २-२ वटा, वडा नं. १, ३, ४, ७, ८ र १५ मा १÷१ वटा कल्भर्ट निर्माण गरिएको बताउनुभयो । गत आर्थिक वर्षमा सडक तथा अन्य पूर्वाधार शाखा मार्फत कुल २६ करोड ८४ लाख ७९ हजार दुई सय ३२ रुपियाँ बराबरको कार्य सम्पन्न गरिएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज