Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

संविधान दिवसमा ‘सांसदसँग विद्यार्थी’ कार्यक्रम

Author Avatar साझा न्यूज 19th September 2024 , 5:05 PM
संविधान दिवसमा ‘सांसदसँग विद्यार्थी’ कार्यक्रम

खजुरा, असोज ३ गते । बाँकेको एक विद्यालयले सांसदसँग विद्यार्थी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । बैजनाथ गाउँपालिका –५ स्थित प्रभात नमुना माध्यमिक विद्यालयले बिहीबार सांसदसँग विद्यार्थी कार्यक्रम गरेको हो ।

नवौँ संविधान दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा सांसद र विद्यार्थीबिच अन्तरक्रिया गरिएको छ । ‘नेपालको संविधान २०७२ मा शिक्षासम्बन्धी व्यवस्था र कार्यान्वयनको अवस्था’ विषयमा विद्यालयमा अध्ययनरत विद्यार्थीले बाँके निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट लुम्बिनी प्रदेशसभा सदस्य रहनुभएका सांसद रत्न खत्रीसँग अन्तरक्रिया गरिएको हो ।

विद्यार्थीले सामुदायिक विद्यालय र निजी विद्यालयका बिचमा देखिएका असन्तुलनका बारेमा, शिक्षामा देखिएका गुणस्तरका बारेमा, सामुदायिक विद्यालयमा अङ्ग्रेजी भाषा कमजोर हुने गरेको बारेमा तथा अन्य क्षेत्रमा काम गर्दा योग्यता लागु हुने गरेको तथा राजनीति क्षेत्रमा सांसद र मन्त्री हुनलाई किन योग्यता लागु नहुन सकेको लगायतका विषयमा सांसद खत्रीलाई जिज्ञासा गरेका थिए ।

पूर्व सामाजिक विकास मन्त्रीसमेत रहनुभएका सांसद खत्रीले विद्यार्थीले राखेका जिज्ञासाको जवाफ दिनुभएको थियो । उहाँले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्नलाई यस प्रकारका कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयो । कार्यक्रमले विद्यार्थीले धेरै विषयमा ज्ञान हासिल गर्न सक्ने र युवा पिँढीको राजनीतिप्रतिको धारणा सकारात्मक बन्ने बताउनुभयो ।

उहाँले इतिहासमै पहिलो पटक जनताका प्रतिनिधिले आफ्नो विवेक प्रयोग गरेर संविधान लेखेको कुरा आफैँमा ठुलो उपलब्धि भएको बताउनुभयो । संविधानले जनताका मौलिक हकका कुरालाई उत्कृष्ट ढङ्गबाट उठाउँदै गर्दा नागरिकको कर्तव्यबोध गराएको बताउनुभयो ।

विद्यालयमा कक्षा १० र १२ मा अध्ययनरत करिब दुई सयभन्दा बढी विद्यार्थी कार्यक्रममा सहभागिता रहेको थियो । दुई दर्जन बढी विद्यार्थीले संविधानको व्यवस्था तथा अवस्थाका बारेमा सांसद खत्रीसमक्ष आफ्ना जिज्ञासा राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

भर्खरै प्रकाशित

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

पाँच दिने आधारभूत शैक्षणिक तालिम सुरु

सीमा आवागमनले औलोको जोखिम उच्च

सीमा आवागमनले औलोको जोखिम उच्च

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

डेरवास्थित गुम्बा प्राविमा दुई कोठे भवन उद्घाटन

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दशौं प्राचीन कपिलवस्तु महोत्सवमा भोलि अमरपाली दुबे आउने

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

दोस्रो वडास्तरीय क्रिकेट प्रतियोगीता बभनीले जित्यो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज