साझा न्यूज । तौलिहवा
कपिलबस्तुमा दिगो शान्ति स्थापना गर्ने प्रयोजनका लागि संवाद समुह गठन गरिएको छ । सो संवाद समूहमा ११ जना सदस्य सहित ६ जना सल्लाहकार रहेका छन् ।
सदस्यहरुमा जुबेर अहमद खान , पुष्पा रेग्मि , रामलखन जयसवाल , रिना नेपाल , राजु प्रसाद अर्याल , पशुपतिमणि त्रिपाठि , मिना परियार , राधेश्याम शुक्ला , रुकैया खातुन, फजल महमुद खान र सदाबृक्ष प्रसाद बरई रहनु भएको छ । त्यस्तै सल्लाहकारहरुमा रविन्द्रनाथ ठाकुर , कनिज फातिमा रङरेज , तुल्सिराम यादव, मौलाना मशहुद खान, पोम नारायण पौडेल र तारावति चौधरी रहेका छन् ।
नेपाल पुनर्स्थापकिय न्याय मञ्च काठमाण्डौको सहयोगमा जिल्लाको धार्मिक, साँस्कृतिक विविधतालाई जगेर्ना गर्दै सामाजिक मेलमिलाप र धार्मिक सहिष्णुता कायम राख्न सरोकारवालाहरु सँग यस संवाद समूहले अन्तरसाँस्कृतिक संवादका श्रृङ्खलाहरु संचालन गर्ने कार्यक्रम संयोजक महेन्द्र प्रसाद खनालले बताउनुभयो । समूहले पहिलो चरणको अभिमुखिकरण र अभ्यास गरि सकेको उहाँले बताउनुभयो । समूहले आगामि संवाद कृष्णनगरमा सञ्चालन गर्ने तयारी गरेको छ ।
















































