Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अधिकारमुखी सुधारिएको खाद्य प्रणाली परियोजनाको संयुक्त अनुगमन

Author Avatar साझा न्यूज 28th September 2024 , 11:11 PM
अधिकारमुखी सुधारिएको खाद्य प्रणाली परियोजनाको संयुक्त अनुगमन

यशोधरा गाउंपालिकामा अगुगमनका क्रममा सामुहिक छलफल गर्दै जिल्ला समन्वय प्रमुख बाबुराम आचार्य लगायतको टीम

साझा न्यूज । कपिलवस्तु
जर्मन सरकारको वेल्टहंगरहिल्फेको सहयोग र कालिका स्वावलम्वन सामाजिक केन्द्र तथा फरवार्ड नेपाल विचको संझौतामा संचालित अधिकारमुखी सुधारिएको खाद्य प्रणाली परियोजना अन्र्तगत गरिएका क्रियाकलापहरुको संयुक्त रुपमा अनुगमन गरिएको छ ।

परियोजना दक्षिणी क्षेत्रका मायादेवी, यशोधरा र शुद्धोधन गाउंपालिकामा संचालनमा रहेको छ ।

परियोजनाले ३ वटा पालिकाका ४ हजार ५ सय साना किसान र ५ सय भूमिहिनहरुको खाद्य उत्पादनको उपलब्धता र पहुंचको साथै जिविकोपार्जनमा सुधारका लागि विभिन्न क्रियाकलापहरु संचालन गरिरहेको कालिका स्वावलम्वन सामाजिक केन्द्रका कार्यक्रम अधिकृत अशोक चन्द्र लम्सालले बताए ।

संयुक्त अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, शुद्धोधन गाउंपालिकाका प्रमुख कमलेश शरण चौधरी, मायादेवी गाउंपालिकाकी उपप्रमुख सरस्वती यादव, यशोधरा गाउंपालिकाका प्रमुख शिवदयाल तिवारीको उपस्थिति रहेको थियो ।

सो अनुगमन कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रतिनिधी, ३ वटै पालिकाका पालिकाका कृषि, पशु, स्वास्थ्य, पोषण, सामाजिक विकास शाखाका प्रतिनिधीहरु तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।

अनुुगमनका क्रममा कार्यक्रम लागू भएका पालिकाका विभिन्न वडाहरुमा पोषण बगैचा, भकारो सुधार, हेण्डपम्प चौतारो, सीपमुलक तालिम, स्थानीय युवा क्लबहरुसंग भेटघाट तथा छलफल, लिजमा पोखरी लिएर भूमिहिनले शुरु गरेको माछा पालन व्यवसाय लगायतका क्रियाकलापहरुको अवलोकन गरिएको कार्यक्रम संयोजक कमला सापकोटाले बताईन् ।

सो अवसरमा मायादेवी गाउंपालिकाका स्वास्थ्य शाखा प्रमुख महेन्द्र यादवले कार्यक्रमले पोषण, स्वास्थ्य सुधार, जिविकोपार्जन लगायतका काममा महत्वपूर्ण योगदान पुर्याएको भन्दै कार्यक्रमको पूर्ण सफलताको लागि पालिकाबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

संयुक्त अनुगमन पछि समन्वय समितिका प्रमुख बाबुराम आचार्यले आफुलाई यो कार्यक्रम निकै प्रभावकारी लागेको बताए ।

कालिकाले समुदायमा गर्ने कार्यक्रम तथा क्रियाकलापहरु लक्षित वर्ग मुखी रहेको र समुदायको विकासका लागि कालिकाको भूमिका महत्वपूर्ण रहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

भर्खरै प्रकाशित

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

कृष्णनगर–काठमाडौं अत्याधुनिक रात्रिबस सेवा सुरु

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज