साझा न्यूज । लुम्विनी
कालिका स्वावलम्वन सामाजिक केन्द्रको आयोजनामा बहुभाषिक शिक्षा सम्वन्धी शिक्षक तालिम तौलिहवा र लुम्विनी दुई स्थानमा सम्पन्न भएको छ ।
युरोपियन युनियन तथा युनिसेफको आर्थिक सहयोगमा संचालित गुणस्तरीय शिक्षाको लागि विद्यालय शिक्षा क्षेत्र योजना निर्माणमा स्थानीय सरकारको क्षमता अभिबृद्धि कार्यक्रम अन्र्तगत सो कार्यक्रम सम्पन्न भएको हो ।
कपिलवस्तु जिल्लाका २ स्थानीय तहहरु महाराजगंज नगरपालिका र शिवराज नगरपालिकाका ३० वटा सामुदायिक विद्यालयका ३० जना शिक्षकहरुलाई तौलिहवामा सो तालिम प्रदान गरिएको हो ।
यसै गरी रुपन्देही जिल्लाका मर्चवारी गाउंपालिकाका १५ वटा सामुदायिक विद्यालयका ३० जना शिक्षकहरुलाई लुम्विनीमा तालिम प्रदान गरिएको कार्यक्रम प्रवन्धक हरिचन्द्र चौधरीले बताए ।
तालिममा बहुभाषिक शिक्षाको महत्व, मातृभाषामा शिक्षण गर्दा प्राप्त हुने शैक्षिक उपलब्धी, शैक्षणिक ज्ञान तथा सीपहरुको बारेमा प्रशिक्षण दिईएको थियो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि शैक्षिक तालिम केन्द्र भैरहवाका प्रमुख दिवाकर भण्डारीले बालबालिकाहरुलाई बहुभाषिक र मातृ भाषामा शिक्षा दिंदा निकै प्रभावकारी हुनेमा जोड दिए ।
तौलिहवामा सम्पन्न तालिममा सहजकर्ता ध्रुवराज पन्थी, चेतनारायण भण्डारी र प्रकाश अधिकारी रहेका थिए । यसै गरी लुम्विनीमा सम्पन्न तालिममा सहजकर्ता ध्रुवराज पन्थी, इबराज तिवारी र हरिश्चन्द्र बरईले सहजीकरण गरेका थिए ।
तालिम समापन कार्यक्रममा प्रमुख अतिथि तालिम केन्द्रका प्रमुख दिवाकर भण्डारी, विशिष्ट अतिथिहरु शिक्षा विकास तथा समन्वय ईकाई कपिलवस्तुका प्रमुख थानेश्वर घिमिरे र शिक्षा विकास तथा समन्वय ईकाई भैरहवाका प्रमुख माधव बन्जाडेको उपस्थिति रहेको थियो ।
कार्यक्रम कालिका स्वावलम्वन सामाजिक केन्द्रका सचिव अजय चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा शिवराज नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश चौधरी र महाराजगंज नगरपालिकाका शिक्षा शाखा प्रमुख आशीष भट्टराईको समेत उपस्थिति रहेको थियो ।