साझा न्यूज । तौलिहवा
राष्ट्रिय मुक्ति क्रान्ति नेपाल कपिलबस्तुको जिल्ला संयोजकमा कैलाश अग्रहरी चयन हुनु भएको छ । राष्ट्रिय मुक्ति क्रान्ति नेपालले ७७ वटै जिल्लाका संयोजकहरू चयन गरेको घोषणा संगै कपिलबस्तुको संयोजकमा अग्रहरीलाई चयन गरेको हो । पार्टी अध्यक्ष राजेन्द्र महतोको उपस्थितिमा सम्पन्न बैठकले विभिन्न जिल्लाका संयोजकहरूको नामावली सार्वजनिक गरेको छ ।
साथै, पार्टीले बाढी, पहिरो पीडितहरूलाई राहत सामग्री, नगद, तथा धनधान्य उपलब्ध गराउँदै सहयोग गर्ने निर्णय गरेको छ । बैठकले पार्टीका अन्य नेताहरूलाई संगठनात्मक काममा सक्रिय गराउने निर्णय समेत लिएको छ । राष्ट्रिय मुक्ति क्रान्ति नेपालको यो निर्णयले जिल्लास्तरीय संगठनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
अग्रहरी नेपाल कम्युनिस्ट पार्टी एमाले कपिलबस्तुको जिल्ला सचिवलय सदस्य समेत रहेका थिए । उहाँ विगतमा मशेसबादी दल लोसपाका कपिलबस्तु संयोजक पनि रहेका थिए । अग्रहरी गत स्थानिय तहको निर्वाचनमा लोसपाबाट कपिलबस्तु नगरपालिकाका नगर प्रमुख (मेयर)मा लडेका थिए ।
















































