साझा न्यूज । कपिलवस्तु
नेपाल निर्माण व्यवसायी महासंघका पुर्व अध्यक्ष शरद गौचनको ७ औं वार्षिक पुण्य तिथिको अवसर पारेर कपिलवस्तु निर्माण व्यवसायी संघले तौलिहवामा श्रद्धान्जली सभा सम्पन्न गरेको छ ।
संघका जिल्ला अध्यक्ष सरोज अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुर्व अध्यक्ष गौचनको आत्माको चीर शान्तिको कामना गर्दै नेपालको निर्माण व्यवसायीको हक हितका लागि पुर्व अध्यक्ष स्वर्गीय गौचनले गरेका योगदानहरुको बारेमा निर्माण व्यवसायीहरुले चर्चा गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा लुम्विनी प्रदेश निर्माण व्यवसायी संघका उपाध्यक्ष दिनेश हमाल, निर्माण व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष सरोज अर्याल र पुर्व अध्यक्ष रवि ठाकुरले शोक मन्तव्य व्यक्त गरेका थिए ।

संघका उपाध्यक्ष सुनिल शुक्लाको स्वागत मन्तव्यमा शुरु भएको कार्यक्रम संघका सचिव रमेश मिश्राले संचालन गरेका थिए ।
कार्यक्रममा संघका पुर्व अध्यक्षहरु गुन्जन कुमार गुप्ता, चन्द्र शेखर श्रेष्ठ, सल्लाहकार पशुपति प्रसाद गुप्त, महासचिव शिव दयाल ठाकुर, कोषाध्यक्ष लालमोहर तेली लगायतको उपस्थिति रहेको थियो ।
















































