कपिलबस्तु, असोज ३० गते । भरुवा बन्दुक लिई मानिसलाई धम्काउने एक जनालाई कपिलबस्तु प्रहरीले नियन्त्रणमा लिइएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरिक्षक मोहन मणि अधिकारीका अनुसार पक्राउ पर्नेमा शिवराज नगरपालिका विजगौरीका २४ वर्षिय विरेन्द्र घर्ती मगर रहेको बताउनुभयो । मगरले भरुवा बन्दुक लिई मानिस धम्काएको खबर प्रहरीलाई प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटी मगरलाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।
शिवगढी मन्दिर जाने बाटोको जंगलमा बर्राको रुखको टोड्कोमा लाईसेन्स नभएको भरुवा बन्दुक १ नाल लुकाई छिपाई राखेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक अधिकारीको भनाई छ । मगरलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
















































