Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बाख्रा पालन व्यवसायबाट लाखौं आम्दानी

Author Avatar साझा न्यूज 17th October 2024 , 5:01 PM
बाख्रा पालन व्यवसायबाट लाखौं आम्दानी

कपिलवस्तु, कात्तिक १ गते । कपिलवस्तु बाणगंगा नगरपालिका –९ का ढालबहादुर बुढाले रहरले सुरु गरेको बाख्रा पालन व्यवसायबाट अहिले लाखौं आम्दानी गर्न सफल हुनुभएको छ ।

करिब तीन दशकअघि बागलुङबाट बाणगंगा बसाइँ सरेका बुढाले सुरुमा चाडपर्वका लागि मासुका लागि २ वटा बाख्रा पाल्नु भएको थियो । तर, २०७४ सालमा साना किसान सहकारी संस्था, भलवाडले व्यावसायिक रूपमा बाख्रा पालन गर्न प्रस्ताव गरेपछि उहाँको रहर व्यवसायमा आकर्षित भएको थियो ।

बुढाले सहकारीबाट २ लाख ऋण लिएर व्यवसाय सुरु गर्नुभयो । २०७५ सालमा फर्म दर्ता गर्दै २० लाख लगानी गर्नुभयो । ३८ वटा माउ र २ वटा उन्नत जातका बोका खरिद गर्नुभयो । साथै, उहाँले आधुनिक खोर पनि निर्माण गरी खरी र जमुनापारी जातका बाख्रा पाल्न सुरु गर्नुभयो । बुढाले वर्षमै ६ लाख रुपियाँसम्म बचत गरेको बताउनुभयो ।

यो सिजनमा १५० वटासम्म बाख्रा पालेका थिए । चाडपर्वमा बिक्री भइ अहिले माउ र पाठापाठी गरी ५० वटा रहेका छन् । बुढाले स्थानीय सरकार र पशुविज्ञ केन्द्रबाट खोर मर्मत ३ लाख ५० हजार दाना बनाउने मेसिन, र बाख्रा जोख्ने तराजु ५० प्रतिशत अनुदानमा खरिद गर्नुभयो ।

त्यस्तै, बाणगंगा नगरपालिका –१० की पदमा लामिछानेले पनि बाख्रा पालनबाट राम्रो आम्दानी गर्नुभएको  छ । ६ वर्षअघि २ वटा माउ बाख्राबाट सुरु गरेकी लामिछानेको बाख्रा अहिले ५५ वटा पुगेका छन् । उहाँले सहकारीबाट १० लाख रुपियाँ ऋण लिएर खोर निर्माण र उन्नत जातको बोका खरिद गर्नुभएको हो ।

‘श्रीमान् विदेशमा हुनुहुन्छ । बाख्रा चराउन घरका सदस्यले सहयोग गर्दैआएका छन् । ग्रामीण बस्तीमा भएको कारणले बाख्रा बिरामी हुँदा उपचार गर्न समस्या पर्ने गरेको छ’ उहाँले भन्नुभयो । कपिलवस्तुका ग्रामीण क्षेत्र विशेषगरी वन क्षेत्रनजिकका बस्तीमा बाख्रा पालन व्यवसायप्रति चासो बढ्दै गएको छ ।

अहिले जिल्लामा जिउँदो बोकाको मूल्य प्रतिकिलो ५५० रुपियाँ रहेको छ, जसले गर्दा बाख्रा पालन किसानका लागि आम्दानीको प्रमुख स्रोत बन्दै गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

चार लाख भारतीय रकमसहित पक्राउ

सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

भर्खरै प्रकाशित

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज