Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

श्रीलंकाको पोष्टमा आधा दर्जन गोल गर्दै नेपाल सेमिफाइनलमा, फाइनल प्रवेशका लागि भारतसँग भिड्ने

Author Avatar साझा न्यूज 24th October 2024 , 8:11 PM
श्रीलंकाको पोष्टमा आधा दर्जन गोल गर्दै नेपाल सेमिफाइनलमा, फाइनल प्रवेशका लागि भारतसँग भिड्ने

साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल समूह ‘बी’को विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको खेलमा नेपालले श्रलंकालाई ६–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। अब नेपालले फाइनल प्रवेशका लागि समूह ‘ए’को उपविजेता बनेको भारतसँग खेल्ने छ।

प्रभावशाली प्रदर्शन गरेको नेपालले पहिलो हाफमा ४–० को अग्रता बनाएको थियो भने दोस्रो हाफमा २ गोल थपेको थियो। सुरुवाती मिनेटदेखि आक्रमक बनेको नेपालले पहिलो हाफमा दबाबमा राख्दै सुरुवाती १५ मिनेटभित्रै तीन गोल गरेको थियो।

सावित्रा भण्डारीले जारी संस्करणको आफ्नो पहिलो खेलमै गोल गर्दा उनले २ असिस्टसमेत गरिन्। नेपालका लागि रेखा पौडेलले २ गोल गर्दा, सविता राना मगर र अमिषा कार्की र रश्मी घिसिङले समान १–१ गोल गरेका थिए।

खेलको आठौँ मिनेटमा सविताको गोलमा नेपालले अग्रता लिएको थियो। साम्बाले दिएको आकर्षक पासलाई सविताले सहज गोलमा परिणत गरेकी थिइन्। ११ औँ मिनेटमा साम्बाले डिबक्सबाहिरबाट आकर्षक गोल गर्दै अग्रता दोब्बर बनाउँदा १३ औँ मिनेटमा नेपालका लागि रेखा पौडेलले तेस्रो गोल गरिन्।

३७ औँ मिनेटमा नेपालले ४–० को अग्रता लियो। साम्बाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई रेखाले ६ यार्ड बक्स नजिकबाट गोल गर्दै नेपाललाई पहिलो हाफमै बलियो अवस्थामा पुर्‍याइन्।

दोस्रो हाफमा पनि नेपालले सोही लयलाई निरन्तरता दियो। दोस्रो हाफको सुरुवातमै सविताको क्रसलाई अमिषाले सदुपयोग गर्दा नेपालले ५–० को अग्रता बनायो। टिमका लागि छैटौँ गोल इन्जुरी समयमा अनिता बस्नेतको कर्नरमा रश्मि घिसिङले गोल गरेकी थिइन्। अब सेमिफाइनलमा भुटान र बंगलादेश तथा नेपाल र भारत भिड्ने छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

६ घण्टामा कपिलवस्तुको रङ्गाईमा ११०.८ मिलिमिटर वर्षा

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

स्रोत नखुलेको ५१ लाख ३४ हजार रुपैयाँसहित एक जना पक्राउ

भर्खरै प्रकाशित

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

६ घण्टामा कपिलवस्तुको रङ्गाईमा ११०.८ मिलिमिटर वर्षा

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

अब सरकारी कार्यालयमा निवेदन र फारम भर्न बिचौलियाको भर पर्नु नपर्ने

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

महासमय स्थलमा थाइल्याण्डका भिक्षुद्वारा पूजापाठ

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

अनुदानको मलमा तोकिएभन्दा बढी मूल्य लिएको आरोप

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज