कपिलबस्तु, कात्तिक २७ गते । कपिलबस्तु अदालतका दुई जना कर्मचारी २० हजार घुस सहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुससहित जिल्ला अदालत कपिलवस्तुका दुई जना कर्मचारीलाई पक्राउ गरेको हो ।
कपिलवस्तुका जिल्ला अदालतका तहसिलदार सन्तोष कुमार मिश्र र कम्पुटर अपरेटर विकास पाण्डेले सेवाग्राहीसँग जग्गा सम्बन्धि कार्यका लागि २० हजार रुपैयाँ घुस लिएको अवस्थामा उनीहरुलाई घुससहित कपिलवस्तुको गौढी चोकस्थित चिया पसलबाट पक्राउ गरिएको स्रोतले बतायो ।
अख्तियारले आफु निर्वाचित वडा क्षेत्रबाट अदालतका दुई जना कर्मचारीलाई पक्राउ गरेको कपिलवस्त वडा नम्बर एकका वडाअध्यक्ष मोहम्मद जाहिद खाँले पुष्टि गरे ।
दुवै जनालाई नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया थालिएको बुझिएको छ ।
















































