Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा मलखादको अभाव, कृषक चिन्तित

Author Avatar साझा न्यूज 22nd November 2024 , 2:06 PM
रासायनिक मल आपूर्ति भएपछि किसान उत्साहित

कपिलवस्तु, मङ्सिर ७ गते । धान भित्र्याएर गहुँ छर्ने बेला कपिलवस्तुमा भने मलखादको अभाव भएको छ । यहाँका कृषकले भारतीय मलको भरमा खेती गर्दै आएका छन् । अनुदानको मल धान खेती गर्ने समयमा नपाएका यहाँका किसानले गहुँ खेती गर्ने बेला पनि डिएपी मल पाउने टुङ्गो छैन । जिल्लामा कृषि सहकारी संस्थाद्वारा अनुदानको मल बिक्रीवितरण हुँदै आएको छ ।

गहुँ छर्ने बेला भए पनि मल नपाएपछि धेरै समस्यामा परेका कृषक मोहम्मद गनी दर्जीले बताउनुभयो । भारतबाट व्यापारीले एक/दुई बोरा ल्याउँछन् दुई हजार दुई सयमा पाइने मललाई तीन हजारदेखि ३५ सयसम्म लिने गरेको उहाँको गुनासो छ । भारतबाट ल्याएको मल बोरामा १८, ४६ लेखे पनि भित्र २०, २० राखेर बिक्रीवितरण गरेको कृषक दर्जीको भनाइ छ ।

कपिलवस्तु नगरपालिकाका किसान हरिराम यादवले पनि रासायनिक मलको अभाव हुँदा खेती गर्न समस्या भइरहेको बताउनुभयो । भारतबाट आयात गरिने मलखाद चर्को मूल्यमा खरिद गर्नुपरेको उहाँले बताउनुभयो । उहाँले अनुदानको मल कृषकले नपाउने तर त्यही अनुदानको मल एग्रोभेटहरूमा गइरहेको बताउनुभयो ।

कपिलवस्तु नगरपालिका–६ का कृषक मेहदी हसनका अनुसार कृषि सहकारीमार्फत मल बिक्रीवितरण गर्ने भए पनि सहकारी सञ्चालकले आफ्नो आसेपासेबाहेक कसैलाई मल नदिएको गुनासो पोख्नुभयो ।

कृषि सामग्री कम्पनी लिमिटेड कपिलवस्तु शाखाकी निमित्त प्रमुख शोभा न्यौपानेका अनुसार धान रोपेपछि शाखामा एक पटक मल आएको बताउनुभयो । बिचमा मल आएका कारण समस्या भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “मलको माग धेरै छ तर मल कोटा अनुसार आएकाले कृषकलाई धेरै समस्या परेको छ ।”

जिल्लामा गहुँ खेतीका लागि पाँच हजार मेट्रिक टन युरिया र डिएपी लाग्ने गरेको छ । यहाँ वार्षिक रूपमा २० हजार मेट्रिक टन युरिया र १५ हजार मेट्रिक टन डिएपी मल खपत हुन्छ ।

कपिलवस्तुमा भारतबाट आयात गरिने मलखाद चर्को मूल्यमा खरिद गर्नु परेको किसानको दुःखेसो छ । मल नपाउँदा यस वर्ष उत्पादन घट्ने भन्दै कृषक चिन्तित भएका छन् । मल आपूर्ति गर्ने निकायले कृषि सहकारीमार्फत मल वितरण गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज