Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

दस प्रतिशत अनिवार्य निःशुल्क सेवा प्रदान गर्न नगरपालिकाको निर्देशन

Author Avatar साझा न्यूज 22nd November 2024 , 2:15 PM
दस प्रतिशत अनिवार्य निःशुल्क सेवा प्रदान गर्न नगरपालिकाको निर्देशन

खजुरा, मङ्सिर ७ गते । नेपालगन्ज उपमहानगरपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका सम्पूर्ण नीजि स्वास्थ्य संस्था तथा सबै अस्पतालहरुलाई बिरामीलाई उपचार गर्दा १० प्रतिशत अनिवार्य रुपमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन गरेको छ ।

नेपालगन्ज उपमहानगर प्रमुख प्रशान्त विष्टले एक सूचना जारी गर्दै नेपालगन्ज उपमहानगरभित्र सञ्चालित सम्पूर्ण स्वास्थ्य संस्था तथा सबै अस्पतालहरुलाई सामुदायिक नीजि तथा ट्रष्ट वा लोक कल्याणकारी संस्थाले सञ्चालित स्वास्थ्य संस्थाहरुले कुल सेवाग्राही तथा शैयाको कम्तिमा १० प्रतिशत गरिब, विपन्न, असहाय, अपाङ्ग, सिमान्तकृत लगायतका सेवाग्राहीहरुलाई अनिवार्य निःशुल्क सेवा प्रदान गर्न निर्देशन गर्नुभएको हो ।

सूचनामा नेपालको संविधान २०७२ को धारा ३५ ले व्यवस्था गरेको प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने, कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नगरिने र प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुने भन्ने संवैधानिक व्यवस्था अनुसार तथा नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य सेवा ऐन, २०७९ को परिच्छेद ७ को दफा २३ को उपदफा १ बमोजिम १० प्रतिशत अनिवार्य निःशुल्क सेवा प्रदान गर्न निर्देशन गरिएको हो ।

कुल सेवाग्राही तथा शैयाको कम्तिमा १० प्रतिशत गरिब, विपन्न, असहाय, अपाङ्ग, सिमान्तकृत लगायत सेवाग्राहीहरुलाई अनिवार्य निःशुल्क सेवा गर्नुपर्ने व्यवस्था रहेको र त्यसलाई कार्यान्वयन गर्नका लागि पटक पटक पत्राचार समेत भएकोमा उक्त सेवाबाट विपन्न नागरिकहरु बञ्चित भएको भन्ने गुनासो प्राप्त भएको हुँदा सबै अस्पताल तथा नीजि स्वास्थ्य संस्थाहरुले अनिवार्य रुपमा कार्यान्वयन गर्ने व्यवस्था मिलाउन पुनः जानकारी गराइएको र अब उप्रान्त अन्यथा भएमा उपमहानगरले नियमानुसार कारबाही समेत गरिने सूचनामा उल्लेख गरिएको छ ।

पछिल्लो समयमा नेपालगन्ज ‘अस्पताल हब’ बन्दै गएको छ । नेपालगन्जमा नीजि तथा सामुदायिक अस्पतालहरु दैनिक रुपमा खुल्ने क्रम जारी छ । नेपालगन्जमा रहेका विभिन्न स्वास्थ्य संस्था तथा अस्पतालहरुको उपमहानगरपालिकाले समय समयमा अवलोकन, निरिक्षण तथा कारबाही समेत गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज

चक्रवातको प्रभावले लुम्बिनीका सात जिल्ला प्रभावित हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

नागपञ्चमीमा कपिलबस्तुका आठ पालिकाले दिए विदा

दसौँ मेयर कप क्रिकेटका लागि वडा टोली दर्ता गर्न नगरपालिकाको आग्रह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

नेपालको समृद्धिका लागि भारतसँग आर्थिक सहकार्य आवश्यक : सांसद शाह

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज