कपिलबस्तु, मंसिर १६ गते । कपिलबस्तुको शुद्धोधन गाँउपालिकामा मतदान जारी रहेको छ । मुख्य निर्वाचन कार्यालयले विहान १२ बजे सम्म २ हजार २ सय ९१ मत खसे जानकारी दिइएको छ ।
शुद्धोधन गाँउपालिका १ मा निर्वाचनका लागि २ हजार ११२ महिला र २ हजार ७ सय ५६ पुरुष गरी ४ हजार ८ सय ६८ मतदाता रहेका छन् ।
नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष तिलकराम यादवको २०८१ असोज ८ गते निधन भएपछि रहेको रिक्त पदको लागि उप निर्वाचन हुदै छ ।