साझा न्यूज । कपिलवस्तु
जन्म दिनको अवसरमा गरिने फजुल खर्च कटौती गरी तौलिहवा क्षेत्रका व्यवसायी शिव शंकर कान्दु केडीले आफ्नो छोराको जन्म दिनमा स्कुले बालबालिकाहरुलाई झोला वितरण गरेका छन् ।
श्री तौलेश्वर नाथ संस्कृत मा.वि.तौलिहवाका कक्षा १ का ३० जना विद्यार्थीहरुलाई झोला वितरण गरेर व्यवसायी कान्दुले आफ्नो ३ वर्षीय छोरा अनिश प्रताप गुप्ताको जन्म दिन मनाएका हुन् ।
विद्यार्थीहरुलाई झोला वितरण गरेको प्रति विद्यालय परिवारले हार्दिक आभार प्रकट गरेको छ ।
जन्म दिनमा गरिने विभिन्न तडक भडक र फजुल खर्च कटौती गरी सामुदायिक विद्यालयका बालबालिकालाई झोला वितरण गरिनु निकै उदाहरणीय काम भएको श्री तौलेश्वरनाथ संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक पुजारी प्रसाद कुर्मीले बताए ।
सो अवस्थामा अनुपस्थित रहेका कक्षा १ का विद्यार्थीहरुको वितरण गर्न बांकी गरेको झोला व्यवसायी कान्दुले कक्षा १ का कक्षा अध्यापक दामोदर कोईरालालाई जिम्मा लगाएका छन् ।
झोला वितरण कार्यक्रममा अनुपस्थित भएका विद्यार्थीहरुलाई विद्यालय आएको दिनमा आफुहरुले वितरण गरी दिने कक्षा अध्यापक कोईरालाले बताए ।
साे अवसरमा विद्यालयका सहायक प्रधानाध्यापक प्रदीप कुमार अाेझा, शिक्षिकाहरू साेनी त्रिपाठी, प्रतिभा श्रीवास्तव, बालबालिका सहयाेगी कार्यकर्ताहरू बबिता गुप्ता र बन्दना उपाध्यायकाे पनि उपस्थिती रहेकाे थियाे ।