सुग्रिव बरई
कपिलबस्तु, मंसिर २३ गते । कपिलबस्तु निर्माण व्यवसायी संघले १७ औ राष्ट्रिय निर्माण दिवसको अवसरमा अग्रज निर्माण व्यवसायीलाई सम्मान गरेको छ । दिवसको अवसरमा संघले प्रत्येक बर्ष विभिन्न क्रियाकलप गर्दै आइरेहको हो । संघले अग्रज निर्माण ब्यवसायी ओम कार नाथ शुक्ला, प्रताप गिरी र चंद्र शेखर श्रेष्ठलाई सम्मान गरेको छ ।
सो अवसरमा बोल्दै लुम्बिनी प्रदेश निर्माण व्यवसायी संघका प्रदेश उपाध्यक्ष दिनेश हमालले राष्ट्र निर्माणमा निर्माण व्यवसायीहरुको महत्पूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले निर्माण व्यवसायीहरुले सरकारको निति नियममा रहि कार्य गर्नु पर्ने बताउनुभयो । प्रालि दर्ता गराएर जो निर्माणको कार्य गरिरहेका साथीहरुका कारण हामी समस्यामा परेको उहाँको भनाई छ ।
संघले हरेक बर्ष निर्माण दिवसको अवसरमा विभिन्न संघ संस्था तथा अस्पताललाई सहयोग गर्दै आएको संघका अध्यक्ष सरोज अर्यालले बताउनुभयो । सम्झनाको लागि संघले अग्रज निर्माण ब्यवसायीलाई सम्मान गरेको उहाँको भनाई छ ।
सो अवसरमा पूर्व अध्यक्ष गुञ्जन कुमार गुप्ता, पूर्व उपाध्यक्ष राजेश ज्ञवाली, पूर्व कोषाध्यक्ष प्रदीप कुमार अग्रहरी, कार्य समिति सदस्य, निर्माण व्यवसायी लगायतको सहभागिता रहेको थियो । संघका महासचिव शिव दयाल ठाकुरको स्वागत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन संघका सचिव रमेश कुमार मिश्राले गर्नु भएको थियो ।
















































