२३ पुस, काठमाडौं । भूकम्पको धक्काले आत्तिएका एक व्यक्तिले काठमाडौंमा घरको छतबाट हाम फालेका छन् ।
आफ्नै तीन तले घरको १.५ तला माथिबाट हाम फाल्दा भुईंमा लडेर घाइते छन् । उनको मनमोहन अस्पतालमा उपचार जारी छ । नेपाल प्रहरीका अनुसार नागार्जुन नगरपालिका-१० स्युचाटारका २० वर्षीय रिकेश थापाले हाम फालेका हुन् ।
प्रहरीका अनुसार बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोस भएका छन् । उपचारपछि उनीहरुको स्वास्थ्य अवस्था सामान्य भई डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार भूकम्पबाट सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन र रामेछापमा एउटा गोठमा क्षति पुगेको छ । ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा पनि क्षति पुगेको प्रहरीको भनाइ छ ।