Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

उपचार लिन पालो कुर्नुपर्ने अवस्था हट्छ : मुख्यमन्त्री आचार्य

Author Avatar साझा न्यूज 17th January 2025 , 8:23 PM
उपचार लिन पालो कुर्नुपर्ने अवस्था हट्छ : मुख्यमन्त्री आचार्य

बुटवल, माघ ४ गते । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा महिला तथा प्रसुती शल्यक्रिया कक्षको सेवा थप गरिएको छ । प्रसुती सेवालाई विस्तार गर्दै तीनवटा शल्यक्रिया कक्ष थप गरिएको हो ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार लुम्बिनी प्रादेशिक अस्पतालमा महिला तथा प्रसुती शल्यक्रिया कक्षको उदघाटन गर्नुभयो । उपचार सेवालाई छिटो छरितो रुपमा प्रदान गर्न शल्यक्रिया कक्षले महत्वपूर्ण योगदान गर्ने मुख्यमन्त्री आचार्यले बताउनुभयो ।

‘उपचार सेवा लिन जुन पालो पर्खनु पर्ने अवस्था छ । त्यसलाई घटाउन सहयोग पुग्ने विश्वास लिएको छु’ मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘अब पालो पर्खनु पर्ने समस्यालाई हल गर्न सक्ने छौं, भन्ने लागेको छ ।’

प्रादेशिक अस्पतालको सेवा प्रवाहलाई चुस्त र प्रभावकारी बनाउने गरी सरकारले कार्यक्रम बनाएको बताउँदै त्यसमा स्वास्थ्यकर्मी तथा चिकित्सकको महत्वपूर्ण योगदान जरुरी रहेको उहाँले औंल्याउनुभयो ।

मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘सेवा प्रवाहलाई चुस्त बनाउने भनेको यहाँ कार्यरत जनशक्तिले हो, दत्तचित्त भएर स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन यहाँहरुले खेलेको भूमिकाको प्रदेश सरकार प्रशंसा गर्न चाहन्छ । अझ यहाँबाट थप योगदान सरकारले खोजेको छ ।’

अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वस्थ्यमन्त्री खेमबहादुर सारु, स्वास्थ्य सचिव डा. बासुदेव उपाध्याय, स्वास्थ्य निर्देशक डा. विनोद गिरी, अस्पतालका मेडिकल सुपेरिटेन्डेण्ट डा. इन्द्र ढकाल लगायतको सहभागिता थियो ।

विगत ३ वर्षको तथ्याङ्कअनुसार अस्पतालमा वार्षिक ९ हजार बढी बिरामीले शल्यक्रिया सेवा लिएका छन् । अस्पतालमा प्रसूती सेवाका लागि पछिल्लो आर्थिक वर्षमा १२ हजार ९८ जनाले सेवा लिएकामध्ये ७ हजार ५४८ जनाले सामान्य रुपमा बच्चा जन्माएका छन् । पछिल्लो आर्थिक वर्षमा लुम्बिनी प्रादेशिक अस्पतालबाट ३ लाख ४८ हजार ९७१ जनाले स्वास्थ्य सेवा लिएको तथ्याङ्कमा उल्लेख छ । अस्पतालमा शल्यक्रिया कक्ष बिस्तार गरेसँगै सेवा प्रवाहमा सहजता आउने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण दिवसका अवसरमा अग्रज निर्माण व्यवसायी सम्मान

निर्माण दिवसका अवसरमा अग्रज निर्माण व्यवसायी सम्मान

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

लुम्बिनीमा १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीहरुले शल्यक्रिया

लुम्बिनीमा १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीहरुले शल्यक्रिया

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

एनपिएलः आज खेल नहुने

एनपिएलः आज खेल नहुने

भर्खरै प्रकाशित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज