Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सात वर्षमा पनि बन्न सकेन सडक र नाला

Author Avatar साझा न्यूज 2nd March 2025 , 3:59 PM
सात वर्षमा पनि बन्न सकेन सडक र नाला

सप्तरी, फागुन १८ गते । सप्तरीको राजविराज नगरपालिकाभित्र विभिन्न सडक तथा नाला निर्माण कार्य सात वर्षमा पाँचौ पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न भएन । कान्छाराम कन्ट्रक्सनले सात वर्षदेखि सडक तथा नाला निर्माणको काम अलपत्र पारेको हो ।

ठेकेदार कम्पनी कान्छाराम कन्ट्रक्सनले तोकिएको समयमा सम्पन्न गर्न नसक्दा सात वर्षमा पाँचौ पटक म्याद थप गर्दा पनि निर्माण कार्य अलपत्र छन् । सडक र नाला निर्माण अलपत्र छाडिँदा सडकमा खाल्डा खुल्डीको कारण दुर्घटनाकाे जोखिम बढेर गएको स्थानिय बताउँछन् ।

कान्छाराम कन्ट्रक्सनले राजविराजस्थित सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत ८१ करोड ३६ लाख ८६ हजार ३ सय ५६ रुपियाँ ६५ पैसा बराबरका दुई वटा ठेक्का लिएको छ । दुवै ठेक्कामा ७ वर्षमा पटक–पटक म्याद थप गर्दा पनि ६० प्रतिशतभन्दा बढी भौतिक प्रगति हुन नसकेको आयोजना कार्यालयले जनाएको छ ।

नगरभित्रका विभिन्न वडामा सडक कालोपत्रे, स्तरोन्नतिका लागि डाँफे-कान्छाराम, देव एण्ड सायर जेभी मैजुबहाल काठमाडौंले पहिलो प्याकेज अन्तर्गत भ्याटबाहेक ३९ करोड ७३ हजार ९ सय २६ रुपियाँ बराबरको ठेक्का सम्झौता गरेको थियो ।

२०७४ पुस १६ गते सम्झौता गरी कार्यादेश पाएको निर्माण कम्पनीले ७ वर्ष हुँदा पनि काम सम्पन्न गर्न सकेको छैन । म्यादभित्र निर्माण सम्पन्न हुन नसकेपछि पहिलो पटक २०७७ पुस १६ गतेदेखि ०७८ असार १५ गतेसम्मका लागि आयोजना प्रमुखले म्याद थप गरेका थिए । दोश्रो पटक २०७८ असार १६ गतेदेखि २०७८ चैत २५ गतेसम्म, तेस्रो पटक २०७८ चैत २६ देखि २०७९ चैत २५ सम्म,चोथौ पटक २०७९ चैत २६ देखि २०८२ असार २२ सम्मका लागि म्याद थप गरेका छन् ।

हालसम्म भौतिक प्रगति ६० प्रतिशत रहेको सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख सुरेन्द्रकुमार साहले सञ्चारकर्मीलाई जानकारी दिनु भयो । उहाँले कान्छाराम कन्ट्रक्सन कम्पनीले हालसम्म भ्याटबाहेक १८ करोड ८५ लाख ५८ हजार २ सय ४५ रुपैयाँ भुक्तानी पाइसकेको बताउनुभयो ।

राजविराज भित्रको विभिन्न वडाका सडक तथा नाला निर्माणको अर्को ठेक्का कान्छाराम-डाँफे जेभीले ४२ करोड ३६ लाख १२ हजार ४ सय २९ रुपैयाँमा पाएको छ । २०७५ माघ २१ गते सम्झौता भएको निर्माण कम्पनीले २०७७ साउन २१ गतेभित्र काम सम्पन्न गर्नुपर्ने थियो । तर यो ठेक्काको म्याद अहिलेसम्म पाँचौ पटक थप भइसकेको छ ।

पहिलोपटक काम पूरा नभएपछि २०७७ साउन २१ देखि २०७७ पुस ५ सम्म पहिलोपटक म्याद थप गरेको थियो । त्यसपछि २०७७ पुस ६ देखि २०७८ असार ५ सम्म दोस्रोपटक, २०७८ असार ६ देखि २०७८ चैत ३० सम्म तेस्रोपटक, २०७९ वैशाख १ देखि २०७९ चैत ३० सम्म चौथोपटक र २०८० वैशाख १ देखि २०८२ असार ३० सम्म पाँचौ पटक म्याद थप गरेको छ ।

यो ठेक्कामा निर्माण कम्पनीले हालसम्म २० करोड ७१ लाख ९६ हजार २ सय ७७ रुपैयाँ भुक्तानी पाइसकेको आयोजनाका प्रमुख साहले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

पछिल्लो समय यो दुवै ठेक्काको निर्माण रोकिएपछि काम अलपत्र परेको आयोजना प्रमुख साहले बताउनुभयो । नगरको विभिन्न स्थानमा सडक र नाला खनेर छाडिएका कारण आवतजावतमा जोखिम बढनुका साथै धूलो,खाल्डा खुल्डीले नगरवासी जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । आयोजना प्रमुख साहका अनुसार पटक–पटक म्याद थप गर्दै काम सम्पन्न गर्न ताकेता पत्र दिँदा पनि निर्माण कम्पनीले अहिले नालाको काम शुरु गर्न तयारीमा जुटेको बताउनुभयो ।

आयोजना प्रमुख साहले कान्छाराम कन्ट्रक्सनका सञ्चालक पूर्णबहादुर तामाङ संघीय सरकारमा मन्त्री भएपछि सघन सहरी तथा भवन निर्माण आयोजना राजविराजलाई २०८० चैत १ गते पत्र पठाउँदै दीपक थिङ नामक व्यक्ति ठेक्काको आधिकारिक व्यक्ति तोकेको जानकारी दिनुभयो । उहाँले विगत एक वर्षदेखि कान्छाराम कन्ट्रक्सनले ठेक्काको काम रोके बताउनुभयो ।

ठेकेदार कम्पनिले तोकिएको समयमा ठेक्काको निर्माण कार्य रोके पछि अहिले नगरपालिकाको बाटोघाटो अस्तव्यस्त भएको राजविराज नगरपालिकाका प्रवक्ता तथा वडाध्यक्ष जयनारायण मण्डलले सञ्चारकर्मीलाई बताउनुभयो ।

उहाँले काम अधुरो छोडदा आवतजावतमा जोखिम हुनुका साथै प्रर्यावरणमा प्रदूषण बढ्नुका साथै सवारी दुर्घटनामा बृद्घि समेत भएको बताउनुभयो । उहाँका अनुसार अधुरो काम पूरा गर्नेतर्फ ध्यान नदिदा नगर अस्तव्यस्त अबस्थामा छाडिदा नागरिक सास्ती खेप्न बाध्य रहेको बताउनु भयो ।

यसैबिच राजविराज बस पार्क र हटिया कम्पलेक्स निर्माण चैत्र महिना सम्ममा सम्पन्न भए पछि हस्तान्तरण हुने जानकारी आयोजना प्रमुख साहले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

आनीको नियुक्ति विरूद्धको आन्दोलनका संयोजक अक्राम पक्राउ

आनीको नियुक्ति विरूद्धको आन्दोलनका संयोजक अक्राम पक्राउ

चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

तीन हजार बढी सवारीसाधन कारबाहीमा

तीन हजार बढी सवारीसाधन कारबाहीमा

भर्खरै प्रकाशित

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

सम्भावित हावाहुरी र वर्षाबाट जोगिन कपिलवस्तु प्रशासनको अपिल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

नागरिकका प्रश्न बेवास्ता गरेर सुशासन कायम हुँदैन : महामन्त्री पौडेल

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

४ सचिवसहित ४६४ कर्मचारीले दिए राजीनामा

आनीको नियुक्ति विरूद्धको आन्दोलनका संयोजक अक्राम पक्राउ

आनीको नियुक्ति विरूद्धको आन्दोलनका संयोजक अक्राम पक्राउ

चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

चितवनले विराटनगरलाई दियो १५८ रनको लक्ष्य

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज