कपिलबस्तु, जेठ ४ गते । जिल्लाको मायादेवी गाँउपालिका वडा नं. ४ चाकरचौडाबाट स्रोत नखुलेको रकम सहित एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरिक्षक मोहन मणि अधिकारीका अनुसार कपिलवस्तुको मायादेवी गाउपालिका ४ चाकरचौडा नजिकैबाट स्रोत नखुलेको ९ लाख २९ हजार सहित एक जना पक्राउ परेको बताउनुभयो । थप विवरण आउन बांकी ।
















































