Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बुटवल–गोरुसिङ्गे सडक शिलान्यास भएको ४ महिनामा ९ प्रतिशत भौतिक प्रगति

Author Avatar साझा न्यूज 3rd June 2025 , 5:00 PM
बुटवल–गोरुसिङ्गे सडक शिलान्यास भएको ४ महिनामा ९ प्रतिशत भौतिक प्रगति

माघ ११ गते शिलान्यास भएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तारमा ९ प्रतिशत भौतिक प्रगति भएको छ ।

बुटवल–गोरुसिङ्गे सडक परियोजनाका सूचना अधिकारी राजेन्द्र आचार्यका अनुसार कपिलवस्तु र रुपन्देही गरी दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ । रुपन्देहीको सैनमैना नगरपालिकादेखि कपिलवस्तु जिल्लामा पर्ने कोठी नदीसम्म बुटवल कार्यालयले हेर्ने र बाँकी खण्ड कपिलवस्तुले हेर्ने गरी छुट्टै इकाई निर्माण गरी काम भइरहेको जनाइएको छ ।

चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र चितवन निर्माण सेवाले कुल १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपैयाँमा सो सडक विस्तारको जिम्मा लिएका हुन् ।

मोभिलाइजेसन खर्च पेस्की ५५ करोड ७७ लाख र बिलको ४७ करोड ४६ लाख गरी कुल १ अर्ब ३ करोड रुपैयाँ ठेकेदार कम्पनीले लगिसकेको सडक परियोजनाले जनाएको छ ।

परियोजनाका अनुसार सडक विस्तार क्षेत्रमा रुख कटान पूरै सकिएको छ भने विद्युत् पोल सार्ने काम सुरु भएको छ । सडकमा माटो फिलिङ्ग गर्ने, कल्भर्ट, पुल निर्माणको काम चलिरहेको छ ।

कपिलवस्तुतर्फ ३ हजार ३३४ र रुपन्देहीतर्फ ३ हजार ७७७ रुख कटान सम्पन्न भइसकेको छ ।

रुपन्देहीमा ३० किलोमिटर र कपिलवस्तुमा २० किलोमिटर सडक विस्तार गरिनेछ । १९ किलोमिटर दुरीको गोरुसिङ्गे–चन्द्रौटा खण्डमा दोस्रो चरण अन्तर्गत काम थालिने जनाइएको छ ।

रुपन्देहीतर्फ निर्माण हुने २० वटा पुलमध्ये अहिले १२ वटा पुलको पाइल फाउन्डेसनको काम अन्तिम चरणमा रहेको तथा १७ वटा कल्भर्ट निर्माणको काम चलिरहेको इन्जिनियर अशोक पौडेलले बताए ।

१९  ठाउँमा आरसीसी र रिटेनिङ वालको काम चलिरहेको उनको भनाइ छ । सालझन्डी पश्चिम र सैनमैनाको सरौलीमा अहिले माटो फिलिङ्गको काम भइरहेको छ ।

कपिलवस्तु साइटका इन्जिनियर जीगेस प्रसाद चौधरीका अनुसार कपिलवस्तुमा ८ वटा पुलको पाइल फाउन्डेसनको काम अन्तिम चरणमा पुगेको छ ।

बुटवल–गोरुसिङ्गे सडकखण्डमा सबैभन्दा लामो पुल कपिलवस्तु वाणगंगामा छ । ३ सय मिटर लामो पुलको  ११ वटा फाउन्डेसन निर्माण गर्नुपर्नेमा ५ वटा निर्माण भइसकेको इन्जिनियर चौधरीले बताए ।

यस्तै १९ वटा कल्भर्ट निर्माण गर्नुपर्नेमा ९ वटा अन्तिम चरणमा रहेको उनले जानकारी दिए । अन्य १० वटामा पनि निर्माणको काम चलिरहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज