Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

टोल विकास संस्था सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

Author Avatar साझा न्यूज 17th June 2025 , 8:49 PM
टोल विकास संस्था सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

कपिलवस्तु, असार ३ गते । यशोधरा गाउँपालिकाको सहयोगमा दलित सामाजिक विकास केन्द्रको आयोजना गरिएको “जनप्रतिनिधि र कर्मचारीहरूका लागि टोल विकास संस्था गठन तथा परिचालनसम्बन्धी अभिमुखीकरण कार्यक्रम” तौलिहवामा सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता सूर्य मती पासीले गर्नुभएको थियो भने गाउँपालिका अध्यक्ष शिव दयाल तिवारी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रमका विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत ऋषभ देव खनाल हुनुहुन्थ्यो।
सामाजिक विकास शाखा प्रमुख कृष्णनाथ पाण्डेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा दलित सामाजिक विकास केन्द्रका कार्यकारी निर्देशक रामशरण रैदसले कार्यक्रममा प्रस्तुत गरिएका उद्देश्यहरू र अपेक्षित नतिजाबारे जानकारी गराउनुभयो।
कार्यक्रममा ‘टोल विकास संस्था’को अवधारणा, उद्देश्य र कार्यप्रणालीबारे विस्तृत रुपमा जानकारी दिइएको थियो। सहभागीहरूलाई टोल विकास संस्था समुदायमा कसरी गठन गर्ने, यसको भूमिकाबारे सचेत गराइयो।
गाउँपालिका अध्यक्ष शिव दयाल तिवारीले सम्बोधन गर्दै भन्नुभयो, “स्थानीय विकासको मेरुदण्डको रूपमा टोल विकास संस्था अगाडि आउन सक्छ। सरकार र समुदायबीचको सेतु बन्ने यस संस्थाले विकास योजनाहरूको कार्यान्वयनमा उल्लेखनीय भूमिका खेल्नेछ।”
प्रमुख प्रशासकीय अधिकृत ऋषभ देव खनालले समुदायको सक्रिय सहभागिता विना दिगो विकास सम्भव नरहेको उल्लेख गर्दै भन्नुभयो, “टोल विकास संस्था परिचालनले स्थानीय स्रोत र आवश्यकताको पहिचानमा समेत सहजता ल्याउनेछ।”
कार्यक्रममा रेशमराज शर्माले स्वीकृत बजेटअनुसार सहकार्यका साथ कार्य अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले भने, “हामीले बजेट उपयोग गर्न सकेमा भविष्यमा थप बजेट सुनिश्चित गर्न सकिन्छ।”
कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले आफ्ना वडामा शौचालय, खानेपानी, सरसफाइ, सामाजिक एकता, र पूर्वाधार निर्माणजस्ता विषयमा टोल विकास संस्थामार्फत ठोस योजना बनाइ कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए।
अभिमुखीकरण कार्यक्रममा गाउँपालिकाका विभिन्न वडाका जनप्रतिनिधिहरू, कर्मचारी, सामाजिक संघसंस्था र सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कोशी प्रदेशमा दुर्घटनामा कमी

सशस्त्रको गाडीको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

यशोधरा गाउँपालिकालाई विपद् खोज तथा उद्धार सामग्री

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

यशोधरामा जनस्वास्थ्य अधिकृतको दरबन्दी व्यवस्थापनको माग गर्दै ज्ञापन

पूर्वमन्त्री दिपक खड्का पक्राउ

पूर्वमन्त्री दिपक खड्का पक्राउ

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

विद्यार्थीहरुलाई शैक्षिक सामग्री 

भर्खरै प्रकाशित

हर्क साम्पाङले फेसबुकबाट दिए संसद बैठक छोड्नुको प्रष्टोक्ति

हर्क साम्पाङले फेसबुकबाट दिए संसद बैठक छोड्नुको प्रष्टोक्ति

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

बजेट: स्यूचाटारमा एआई कम्प्यूट सेन्टर खोल्ने घोषणा

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

बजेट: पूँजीगत लाभकर अन्तिम कर हुने घोषणा

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

बजेट: डिजिटल भुक्तानी गर्दा भ्याटमा १० प्रतिशत छुट

आशा जगाउने बजेट ल्याइन्छ :अर्थमन्त्री वाग्ले

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै (LIVE)

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज