Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अनलाइन माध्यमबाट ठगी सचेत रहन प्रहरीको आग्रह

Author Avatar साझा न्यूज 1st July 2025 , 11:26 AM
अनलाइन माध्यमबाट ठगी सचेत रहन प्रहरीको आग्रह

काठमाडौँ, असार १७ गते । सोमबार दिउँसो धेरै पत्रकारको फेसबुक म्यासेन्जरमा एकै प्रकारको सन्देश प्रवाह भइरह्यो । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पठाएको सन्देशमा अनेक समस्या देखाएर रकमका साथै वान टाइम पासवर्ड (ओटिपी) माग गरिएको थियो । सन्देश हेर्नासाथ फेसबुकका अधिकांश साथी केहीले रकम पठाउन थाले, कोहीले ओटिपी दिन थाले, केही स्वयम् लम्साललाई फोन गरी सहयोगको हात फैलाउन थाले ।

तर, यसरी आफ्नै फेसबुकबाट यत्रतत्र सहयोग मागिएका सन्देश प्रवाह भएकोबारे अध्यक्ष लम्साल भने अनभिज्ञ देखिनुभयो । तत्कालै फेसबुक खोल्न खोज्दा उहाँको फेसबुक खाता नियन्त्रणबाहिर पुगिसकेको थियो । यसबारे तत्कालै उहाँले नेपाल प्रहरीको साइबर ब्युरोमा खबर गर्नुभयो । ब्युरोले उहाँको फेसबुक खाता ह्याक भएको पुष्टि गर्‍यो र तत्काल सो खाता बन्द गरिदियो । प्रहरीकै सक्रियतामा उहाँको बैङ्क खातासहित सबै डिजिटल कारोबार रोक्का गरियो । यति गर्दा ह्याकरले लम्सालका फेसबुकमा रहेका साथीसँग झन्डै ५० हजार रुपियाँ रकम ठग्न पुग्यो ।

यसरी ह्याकरबाट लम्साललाई सहयोग गर्ने बहानामा ठगिने अधिकांश पत्रकार छन् । फेसबुक म्यासेन्जरमा आएको सन्देशलाई आधार मान्दा आमसर्वसाधारण मात्र नभई स्वयम् सचेत वर्ग पत्रकार पनि कसरी सजिलै ठगिन्छन् भन्ने यो प्रतिनिधिमूलक घटना बन्न पुग्यो । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै विभिन्न माध्यमबाट ठगी हुने क्रम पछिल्लो समय बढ्दै गएको छ ।

साइबर ब्युरोका प्रवक्ता दीपक अवस्थीका अनुसार यस वर्ष मात्र झन्डै आठ हजार व्यक्तिको एक अर्ब रुपियाँभन्दा बढी रकम यसै गरी विभिन्न माध्यमबाट ठगिएको छ । उहाँले भन्नुभयो, “अनलाइन माध्यमबाट चिट्ठा, अनलाइन सपिङ ई बैङ्किङमार्फत सबैभन्दा बढी ठगी हुने गरेका छन् ।”

प्रवक्ता अवस्थीका अनुसार भाइरस, मालवेयर, सेयर कारोबारका नाममा खुलेका विभिन्न साइट र कनेक्ट आइपिएस, इसेवाको नक्कली एप वा लिङ्क तयार गरी ठगी गर्ने क्रम बढ्दै गएको छ । यस्ता उच्च प्रविधिको प्रयोगबाट हुने ठगी विश्वका जुनसुकै कुनाबाट हुने भएकाले यसको नियन्त्रण र अनुसन्धान अत्यन्त कठिन हुने हुँदा आधिकारिताको सुनिश्चितता गरेर मात्र कारोबार गर्न प्रहरीले सुझाएको छ ।

समाजिक सञ्जाल ठगी, बैङ्किङ ठगी, अनलाइन सपिङ तथा पेमेन्ट, चिट्ठा, स्क्याम, फिसिङमा परी ठगिने क्रम बढेपछि प्रहरीले विभिन्न माध्यमबाट जनचेतान अभिवृद्धि गर्ने गरेको छ । फेसबुक, भाइबर तथा ह्वाट्सएप, म्यासेन्जरबाट विभिन्न बहाना देखाएर रकम ठगी गर्ने मात्र नभई सामाजिक सञ्जालमा अपरिचित व्यक्तिसँग साथी बन्ने र कुराकानी गर्दा नग्न र अश्लील तस्बिर तयार गरी रकम असुली गर्ने क्रम बढेको प्रहरीले जनाएको छ ।

केही समयअघि सामाजिक सञ्जालमा आएको सन्देशलाई विश्वास गर्दा प्राध्यापक, चिकित्सक, विद्यार्थी र स्वयम् पत्रकारसमेत ठगिएका घटना सार्वजनिक भएका थिए । साइबर ब्युरोले सामाजिक सञ्जालमा अपरिचित व्यक्तिसँग साथी नबन्न र उनीहरूबाट आएका जुनसुकै सन्देशलाई भेरिफाइ नहुन्जेल कुनै पनि कारोबार र विवरण आदानप्रदान नगर्न आग्रह गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज