एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत आज (१८ असार) नेपाल र श्रीलङ्काबीच प्रतिष्पर्धा हुँदैछ । उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा नेपाली समयानुसार साँझ ६ः१५ मा खेल हुनेछ ।
समूह ‘एफ’मा रहेको नेपालले पहिलो खेलमा लाओसलाई ९–० गोलन्तरले पराजित गरेको छ । श्रीलङ्काले उज्वेकिस्तानसँग १०–० को पराजय ब्यहोरेको थियो । हालसम्मका प्रतियोगितामा नेपाल श्रीलङ्कासँग पराजित भएको छैन । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल श्रीलङ्कासँग सात पटक खेलेको छ ।
फिफा वरियतामा नेपाल १००औँ स्थानमा छ भने श्रीलङ्का १५९औँ स्थानमा छ । राउन्ड रोविन पद्धतिमा सञ्चालित उक्त प्रतियोगिता समूहको शीर्षस्थानमा पुग्ने टोली अर्को वर्ष अष्ट्रेलियामा हुने एसियन कपमा सहभागी हुनेछ ।
















































