Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्वर्गद्वारीमा बोलबम तीर्थालुको भीड

Author Avatar साझा न्यूज 21st July 2025 , 1:36 PM
स्वर्गद्वारीमा बोलबम तीर्थालुको भीड

प्यूठान, साउन ५ गते । लुम्बिनी प्रदेशकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारीमा दर्शन गर्न आउने तीर्थालुको सङ्ख्या बढेको छ । साउन महिना सुरु भएसँगै बोलबमका लागि तीर्थयात्री आउने क्रम बढेको आश्रमले जनाएको छ ।

भारतबाट तीर्थालुहरु बोलबमका लागि आउने गरेको आश्रमका प्रमुख प्रशासकीय अधिकृत हरि अधिकारीले बताउनुभयो । बोलबम शिवको उपासना भएकाले स्वर्गद्वारीलाई इष्टदेवता मान्ने तीर्थयात्री बोलबमका लागि आउने गरेको उहाँले बताउनुभयो । बोलबममा आउने तीर्थयात्रीले माण्डवी नदीबाट जल लगेर स्वर्गद्वारीमा चढाउने गर्दछन् ।

भारत तथा नेपालका विभिन्न ठाउँबाट गाडी रिजर्भ गरेर तीर्थयात्री आउने गरेको स्वर्गद्वारी गौमुखी यातायात सेवा प्रालिका भिंगृ काउन्टर इन्चार्ज सुरज शाहले बताउनुभयो । सोमबार मात्र नभएर अरु बेलामा पनि तीर्थयात्री आउने क्रम बढेको उहाँले जानकारी दिनुभयो । “अरु महिनाभन्दा साउनमा स्वर्गद्वारी आउने धेरै हुन्छन्,” उहाँले भन्नुभयो,“गाडीको चाप पनि यो महिनाभर बढी हुन्छ ।”

स्वर्गद्वारीमा वैशाख पूर्णिमा, तिहारको औंशी, दशैँको फूलपाती, माघे सङ्क्रान्तिमा विशेष पूजा तथा मेला लाग्ने गर्दछ । स्वर्गद्वारीमा नेपाललगायत भारतका विभिन्न ठाउँबाट पर्यटक आउने आश्रमको तथ्याङ्क छ । भारतबाट आउने तीर्थयात्री बढी रहेको आश्रमले जनाएको छ ।

वि.सं. १८९६ सालमा रोल्पाको सखी गाविसको रुम्टीे गाउँमा महाप्रभुको जन्म भएको थियो । १९५२ सालमा प्रभुले स्वर्गद्वारी आश्रममा वैदिक मन्त्रबाट दीप प्रज्वलन गरी स्थापना गर्नुभएका अखण्ड महायज्ञ अहिले पनि निरन्तर बलिरहेको छ । प्रभुको १९९७ मार्ग शुक्ल चौथीका दिन निधन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज