Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कृषि क्षेत्रमा जोखिम न्यूनीकरण गर्न बाली बिमा कार्यक्रम सुरु

Author Avatar साझा न्यूज 24th July 2025 , 1:42 PM
कृषि क्षेत्रमा जोखिम न्यूनीकरण गर्न बाली बिमा कार्यक्रम सुरु

मकवानपुर – मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाले कृषि क्षेत्रमा जोखिम न्यूनीकरण गर्ने उद्देश्यले बाली बिमा कार्यक्रमको औपचारिक थालनी गरेको छ । गाउँपालिकाले बुधवार वडा नम्बर ७ बाट यो कार्यक्रमको सुरुवात गरेको हो ।

गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती र उपाध्यक्ष सीता पुलामी मगरको उपस्थितिमा आयोजित एक कार्यक्रममा बाली बिमा कार्यक्रमको शुभारम्भ गरिएको हो । अध्यक्ष कालाखेतीले हाललाई धान बालीबाट सुरु गरिएको यो कार्यक्रमलाई क्रमशः अन्य अन्नबाली र तरकारी बालीमा पनि विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो । “जोखिम कम गर्न र कृषि उत्पादन बढाउन यो कार्यक्रम ल्याएका हौँ,” उहाँले भन्नुभयो, “यो कार्यक्रमले किसानहरूलाई ठुलो राहत दिने विश्वास छ।”

उपाध्यक्ष सीता पुलामी मगरले किसानहरूले कीरा, रोग र प्राकृतिक प्रकोपका कारण भोग्नुपरेको नोक्सानीलाई मध्यनजर गर्दै बाली बिमा कार्यक्रम लागू गरिएको बताउनुभयो । “ धेरै किसानहरूले अप्रत्याशित रूपमा बालीमा क्षति व्यहोर्नुपरेको छ, यो कार्यक्रमले उहाँहरूलाई आर्थिक रूपमा सुरक्षा प्रदान गर्नेछ,” उहाँले भन्नुभयो ।

गाउँपालिकाले यो कार्यक्रम वडा नम्बर ७ बाट सुरु गरेर क्रमशः ९ वटै वडामा विस्तार गर्ने तयारी गरेको छ । किसानहरूलाई बिमा कम्पनीसम्म धाउनुपर्ने झन्झटबाट मुक्त गर्न गाउँपालिकाले वडा कार्यालयहरूमै बिमा आवेदन लिने व्यवस्था मिलाएको छ ।
बाली बिमा कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले शिखर इन्स्युरेन्ससँग सहकार्य गरेको छ । गाउँपालिकाले एक हप्ताअघि नै धान बालीको बिमा गर्न इच्छुक किसानहरूका लागि सूचना जारी गरेको थियो ।

बिमाको कुल रकमको ८० प्रतिशत सङ्घीय सरकारले अनुदान दिनेछ भने बाँकी २० प्रतिशत किसानले तिर्नुपर्ने हुन्छ । तर, गाउँपालिकाले विपन्न किसानहरूको हकमा उक्त २० प्रतिशत रकम पनि आफैँले व्यहोर्ने घोषणा गरेको छ । यसले विपन्न किसानहरूलाई थप राहत पुग्ने अपेक्षा गरिएको छ । खेती गरिएको बालीमा विभिन्न कारण जस्तै प्राकृतिक प्रकोप, रोग, कीरा आदिका कारण हुने हानी नोक्सानीबाट हुने आर्थिक क्षतिको निराकरणका लागि गरिने बिमालाई बाली बिमा भनिन्छ । यो निर्जीवन बिमा अन्तर्गत पर्दछ । नेपालमा २०६९ साल माघ १ गतेदेखि औपचारिक रूपमा बाली बिमा सुरु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

भर्खरै प्रकाशित

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

एमालेबाट निर्वाचित उपाध्यक्ष र वडाध्यक्ष रास्वपामा प्रवेश

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनको सिफारिस

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

कपिलबस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

पन्ध्र किलो लागुऔषधसहित पाँच महिला पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज