कपिलबस्तु,भदौ १२ गते । जिल्लाको कपिलबस्तु नगरपालिका वडा नं. १० तौलिहवा जितपुर सडक खण्डको पचेहरामा बम विष्फोट भएको छ । तौलिहवा जितपुर सडक खण्डको पचेहरा हाट बजार अगाडी बिच बाटोमा बम विष्फोट भएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहका अनुसार घटना स्थलमा प्रहरी टोली पुगिसकेको बताउनुभयो । उहाँले भन्नुभयो “ पडकेको आवाज आएको छ, खाल्डो भएको छ बम हो की के हो एकीन हुन सकेको छैन । ” घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बांकी छ ।
















































