साझा न्यूज । कपिलवस्तु
लुम्विनी प्रदेश सभाका सामाजिक विकास मन्त्री जन्मेयजय तिमिल्सनाले प्रदेश सरकारले लगाएको भारतीय सवारी साधन माथिको पटके राजश्व दस्तुर चाडै नै हटाईने बताएका छन् ।
नेपाली कांग्रेस कपिलवस्तु नगर समितिको संयोजनमा तौलिहवा स्थित नेता दीपकुमार उपाध्यायको निवासमा कार्यकर्ता भेटघाटका क्रममा सामाजिक विकास मन्त्री तिमिल्सिनाले भारतीय पर्यटकहरुलाई अधिक भन्दा अधिक नेपाल भित्र्याउन प्रदेश सरकारले पर्यटन निति परिमार्जन गर्ने बताएका छन् ।
सोही अवसरमा मन्त्री तिमिल्सिले चांडै नै तौलिहवाबाट चालक अनुमति पत्र बनाउन सक्ने व्यवस्थाका लागि आफुले प्रदेश सरकारमा पहल गर्ने प्रतिवद्धता जनाए ।
सो अवसरमा मन्त्री तिमिल्सिनाले तौलिहवा स्थित यातायात कार्यालयबाट हाल ब्लु बुक नविकरण गर्न सक्ने मात्रै सेवा उपलब्ध भए पनि अब केही दिन पछि याे कार्यालयबाट लाइसेन्स नविकरण, नयां लाइसेन्स ट्रायलय र वितरण लगायतका सेवाहरू पनी प्रवाह गरिने बताए ।
कार्यक्रममा भारतका लागि पुर्व नेपाली राजदुत दीप कुमार उपाध्याय, नेपाली कांग्रेस कपिलवस्तु नगर सभापति खुर्सेद अहमद खां, वडा नं. १२ का वडा अध्यक्ष ईन्सान अलि धुनिया, वडा नं. ५ का अध्यक्षा दिरेप चाैधरीले, कांग्रेस नेताहरु राजु प्रसाद अर्याल, जगदीश पाण्डेय, माेहन दाहाल लगायत पार्टी नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
















































