कपिलबस्तु, भदौ २५ गते । कपिलबस्तुको सदरमुकाम तौलिहवा सहित जिल्लाको चार नम्बर, गोरुसिंगे, चन्द्रौटा र कृष्णनगर लगायतको स्थानमा जेनजी समुहको प्रदर्शन जारी रहेको छ ।

प्रदर्शनमा रहेको युवाहरुको समुहद्धारा तौलिहवा स्थित जिल्ला प्रशासन कार्यालय अगाडी टयार बालेर प्रर्दशन गरेका छन् भने एकिकृत सामाजवादी पार्टीको कार्यालयमा तोडफोड, नेपाली कांग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा ढुंगा मुढा समेत गरेका हुन् ।

त्यस्तै जेनजी समुहका युवाहरुले कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।



















































