सर्बप्रथम आन्दोलन को क्रम मा राज्य द्वारा बर्बरतापुर्बक दमनमा ज्यान गुमाएका ति फक्रिन लाएका नानि बाबु हरु प्रति हार्दिक श्रधानजली
आज एकदमै पिडा का साथ लेखन परिरहेको छ कि जेन जेड को आन्दोलन को क्रममा नेपाली सेना जनता र राज्य प्रति अकाउन्टटेबल देखिएन जसको परिणाम सिंघदरबार, सर्बोच अदालत, सांसद भवन लगायात देशभरीका सम्पूर्ण सार्वजनीक सम्पतिहरु माथि लुटपाट र आगजनी भैरहदा उ मुखदर्सक भै बसीरहो र यी सबै सम्पतिहरु रात दिन जली रहे. येस्तो आभास भै रहेको थियो मानौ कि उसैकै रोहबर मा यी सबै कार्य भैरहेको थियो.
जब जब मुलुकलाइ तिमिहरु को अवासेक्ता पर्यो तिमिहरु पछाडी हटयौ. चाहे देश मा माओवादी को बिद्रोह उत्कर्ष मा पुगेको बेला तत्कालिन प्रधानमन्त्रि गिरिजा प्रसाद कोइराला ले माओबादी विरुद्ध परिचालन गर्न खोज्दा होस् या फेरी अरु अरु पनि इतिहास का पानाहरु पल्ट्याएर हेर्न अनुरोध गर्दछु
आफ्नो सुप्रिम कमान्डर जसलाई हजारौ को संख्या को सेना को घेरा भित्र राखेका बिरेन्द्र र्बिक्रम शाह लगयत वहाँ को सम्पूर्ण बंसज को ज्यान जोगाउन नसक्दाको तपाइँहरु माथि लागेको त्यो दाग मेटाउने राम्रो अवसर थियो तर यहा पनि आफ्नै सुप्रिम कमान्डर को भवन ( राष्ट्रपति भवन) पनि जोगाउन सकेनौ. बरु ति अराजक तत्वहरु को लागि भवन को मूल द्वार नै खोलिदिइ आफुहरु साक्षि बसी आगजनी र लुटपाट गर्न सहजीकारण गरिदियौ. यो भन्दा ठुलो धोखा र बिस्वास्घात र लाजास्पत के हुन सक्छ?
नेपाल सरकार ले देशमा आउन सक्ने र हुन सक्ने येस्तै घटनाहरु बाट देश जनता र सम्पतिहरु जोगाउन को निमित्त प्रतेक नेपाली जनता बाट कर उठाई तपाइँहरुलाइ देश विदेश मा तालिम को निमित्त करोडौ अरबौ रुपया खर्चेको हुन्छ तर तिमिहरु ले अरबौ खर्च गरेर पाएको तालिम को अनुभब नेपाली जनताहरु ले बिरलै गर्न र देख्न पाएका छन्. देख्न त केवल टूडीखेल मा देखाइने सर्कस मात्र के राज्य ले तिमिहरु लाइ तेही सर्कस देखाउन ट्याक्स प्येर ko पैसा खर्चेको हो? य़ेदि होइन भने आफ्नो परमाधिपति को भवन लगाएत लोकतान्त्रिक धरोहरहरु कार्यपालिका न्यायपालिका र बेवास्थापिका किन बचाउन सकेनौ? यो भन्दा सर्मनाक के हुन सक्छ? के यो सेना बेदेशी हरु को जन धन को सुरक्षा गर्न मिसन गइ पैसा कमाउन को लागि मात्र बनाएको संस्था हो? होइन भने तिमीहरु किन अकाउन्टेबल भएनौ र ति लोकतन्त्र का तिन वोटा पिलरहरु तिम्रै अगाडी दिन रात जली रहदा किन बचाउन सकेनौ कहाँ गए तिम्रा ति दमकल हरु फेरी तेही प्रश्न तेर्साउन चाहन्छु
मिस्टर चिफ , आज तपाइँ आफ्नो वारीपरि आगो लगाउन उक्साउने अराजक तत्व का नाइकेहरु हरुलाई स्टेक होल्डर भनि तिनीहरु संग बार्ता को टेबल मा बार्ता गरेको तस्विर र आवहान गरेको देखदा सिर नै निहुरिनु को साथै तपाई भित्र लुकेको ति अराजक समुहा का नाइके हरुलाई डमी बनाइ सत्ता आफ्नो हातमा लिइ शासन गर्ने मनसाएको प्रदा फास भएको छ.
येदि तपाईमा साच्चै नै अलिकति राष्ट्र प्रति प्रेम भएको भए र. राज्य प्रति अकाउन्बटेल भैदियको भए तपाईहरुको मुख्यालय को अगाडी लोकतान्त्रिक धरोहर दिनरात जली खरानी हुने थिएनन. जुन दृश्य ले राष्ट्र प्रति प्रेम भएको प्रतेक नेपाली को आँखा रसाएको छ.र मन रोइ रहेको छ. तपाइको कम्जोर नेतृत्व ले गर्दा आज सम्पूर्ण सैनिक संगठन को गौरबशालि इतिहास मा कहिले नमेटिने दाग लागनु को साथै सिर निहुराएको छ.
मिस्टर चिफ आज तपाई ले जवाफ दिनै पर्छ तपाई को प्रति अकौन्बटेल हो ? येसको उत्तर यौटा बिबेकसिल नागरिक भएको हिसाबले मलाई चाहिएको छ. अब तपाई ले बताउनुस मेरी प्रश्न को उत्तर बुलेट बाट दिने कि ब्रेन बाट येदि बुलेट बाट दिनु भयो भने मा खुसि खूसी स्वीकार्ने छु र सोच्ने छु र मैले आफ्नो परिवार को अवास्केता कटौती गरेर तिरेको कर यौटा गलत संस्था मा गएको रहेछ र येदि तपाई ले येसको उत्तर ब्रेन बाट दिनु भयो भने मलाई यो बुझन सजिलो हुन्छ कि तपाई वासतब मा गौरबशाली इतिहास बोकेको संस्थाको नेतृत्व गर्न लाएक योग्य ब्येक्ति हुनुहुन्थ्यो कि नाई
मलाई था छ नेपाली सेना एउटा छैन ओफ कमाण्ड मा चल्ने संस्था हो तेहा भित्र थुपरै जवानहरु देशको लागि प्राण त्याग्न र आफु भन्दा बढी राष्ट्र लाइ माया गर्ने बिर योद्धा हरु हुनुहुनछ येति हुदा हुदै पनि नेतृत्व को सुझबुझ को कमि तथा मह्त्वाकानछा ले देश खरानी भयो र त्यो खरानी बाट ठुलो सड्यन्त्र को गन्ध पुरै देशभरि नै फैलियो. मेरो आक्रोस संस्था प्रति होइन नेत्रित्व माथि हो.
मेरो प्यारो देश तिमि दिनरात जली रहदा तिम्रो आगन मा दिन रात परेड खेली रहने राज्य का तिन वटै सुरक्षा निकायेका कुनै पनि अंग र हामि जनता ले बचाउन सकेनौ देशद्रोही हरु ले तिमीलाई जलाई रहे तिम्रो संबेदनसिल अंग हरु माथि प्रहार गरि रहे तिम्रो चिर हरण गरि रहदा पनि हामीले बचाउने प्रयास पनि गरेनौ. तिमि दिन रात गुहार मागी रहेयौ तर हामी मुख दर्शक भएर तिमि लाइ तिम्रै हालत मा जल्न छोडी दियौ. तिमीलाई सक्षि राखेर तिम्रो सुरक्षा गर्छु भनि जुठा कसम खाएकाहरु ले तिमीलाई लावारिस छोडी देखेर पनि नदेखे जस्तो गरि रहे. तिम्रो आफ्नो भन्ने कोहि रहेन छ. अव फेरी तिमि कसरि उठ्छौ मलाई थाहा छैन. हामी सबै तिम्रो गुन्हागार हौ माफ मग्न लाएक छैनौ तर पनि . तिमिले माफ गर्ने पर्छ किन कि तिम्रो हिर्दय बिशाल छ. र अब हामी संकल्प, प्रण गर्छौ अप उपरान्त तिमीलाई कोतारेको पनि सहन गर्ने छैनौ र भारत अमेरीका र चीन बाट तालिम प्राप्त सुरक्षा कर्मी नेताहरु र देशद्रोही जनता को हात मा तिमीलाई सुम्पिने छैनौ. एक पटक लाइ माफ गरिदिनुहोस.
मेरो प्यारो देश
















































