Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जीवित आशा गरिएका विपीन जोशीको शव इजरायल ल्याइँदै

Author Avatar साझा न्यूज 13th October 2025 , 8:57 PM
जीवित आशा गरिएका विपीन जोशीको शव इजरायल ल्याइँदै

शव ल्याइँदै गरेका व्यक्तिको सूचीमा विपीन जोशी (तेस्रो) । तस्बिर : इजरायल टाइम्स

काठमाडौं, असोज २७ गते । लामो समयदेखि प्रतीक्षा गरेका नेपाली विद्यार्थी विपीन जोशी अब जीवितै फर्कने आशा निराशामा परिणत भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसी र  टाइम्स अफ इजरायलले जोशी जीवित नरहेको समाचार प्रकाशन गरेका छन् ।

टाइम्स अफ इजरायलको समाचारमा भनिएको छ, ‘‘इजरायल र हमासबीच जारी युद्धबीच हमासले आज चारजना मृत बन्दीको नाम सार्वजनिक गरेको छ, जसमा एक नेपाली विद्यार्थी बिपिन जोशी पनि छन् । हमासले ती बन्दीहरूको शव आजै रेडक्रसलाई हस्तान्तरण गर्ने तयारी भइरहेको जनाएको छ ।’’

हमासले सार्वजनिक गरेको सूचीमा रहेका चार जना हुन् — गाई इलुज, योसी साराबी, बिपिन जोशी र ड्यानियल पेरेजको नाम समावेश छ । विज्ञप्तिमा शव हस्तान्तरण कहिले हुने हो भन्नेबारे भने स्पष्ट गरिएको छैन ।

बिपिन जोशी नेपालका कृषि विद्यार्थी हुनुहुन्थ्यो र उहाँ अध्ययनका लागि इजरायल जानु भएको थियो ।

अन्य मृतकहरूमध्ये इलुजलाई नोभा संगीत उत्सवबाट अपहरण गरिएको थियो र गाजाको अस्पतालमा उपचार नपाएर उहाँको निधन भएको पुष्टि सन् २०२३ डिसेम्बरमा भएको थियो । ड्यानियल पेरेज (२२) इजरायली सेनाको ७ औं आर्मर्ड ब्रिगेडका पल्टुन कमाण्डर थिए, जसको मृत्यु सन् २०२३ अक्टोबर ७ मा हमाससँगको लडाइँमा भएको थियो ।

त्यस्तै, ५३ वर्षीय योसी साराबीलाई २०२३ अक्टोबर ७ मा आफ्नै घरबाट अपहरण गरिएको थियो र बन्धक अवस्थामा नै उहाँको हत्या गरिएको थियो ।

इजरायली सेनाका अनुसार रेडक्रसका प्रतिनिधिहरू चारैजनाको शव बुझ्नका लागि दक्षिण गाजातर्फ प्रस्थान गरिरहेका छन् ।

यो घटनाले एक वर्षअघि भएको ७ अक्टोबर २०२३ को हमास आक्रमणपश्चात इजरायल–हमास द्वन्द्वको मानवीय आयाम पुनः सतहमा ल्याएको छ, जसले सयौँको ज्यान लिएको र अझै पनि थुप्रै बन्दीहरूका भाग्य अज्ञात बनाइरहेको छ, इजरायल टाइम्स मा समाचार छ ।

बीबीसीका अनुसार, हमासले विगत ७३८ दिनदेखि आफ्नो नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शव इजरेललाई बुझाउने बताएको छ।

यसअघि उहाँको अवस्था अज्ञात रहेको बताइएको थियो। इजरेलसँग सङ्घर्षविराम भएपछि हमासले आफ्नो नियन्त्रणमा रहेका २० जीवित बन्धकलाई सोमवार मुक्त गरिसकेको छ। बाँकी २८ जनाको मृत्यु भएको ठानिएको र उनीहरूको शव पनि सोमवारसम्म फिर्ता गरिने हमासले जनाएको छ।

सोमवार अबेर जोशीसहित चारजना बन्धकको शव हस्तान्तरण गर्न लागिएको हमासको सैन्य एकाइले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

तनहुँ बस दुर्घटना: घाइतेको संख्या १७ पुग्यो

तनहुँ बस दुर्घटना: घाइतेको संख्या १७ पुग्यो

कपिलबस्तुमा १२ औं शतब्दिको मुद्रा फेला

कपिलबस्तुमा १२ औं शतब्दिको मुद्रा फेला

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

लागुऔषध सेवन गरेका १५ जना सवारीचालक पक्राउ

भर्खरै प्रकाशित

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

तनहुँ बस दुर्घटना: घाइतेको संख्या १७ पुग्यो

तनहुँ बस दुर्घटना: घाइतेको संख्या १७ पुग्यो

कपिलबस्तुमा १२ औं शतब्दिको मुद्रा फेला

कपिलबस्तुमा १२ औं शतब्दिको मुद्रा फेला

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

भारतबाट अवैध रूपमा ल्याइएको सिसौ काठसहित एक जना पक्राउ

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

कपिलबस्तुमा ३१ औँ राष्ट्रिय बालसाहित्य सम्मेलन आयोजना हुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज