तौलिहवा, असोज २९ गते । शुभ दीपावलीको अवसरमा तौलिहवाको भवानि भिक्षु चोकमा यही आउने कार्तिक २ गते आइतबार एक भव्य सांगीतिक साँझ तथा सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा लोक दोहोरी गायक पशुपति शर्मा रहने छन् । चर्चित गायक शर्माले आफ्ना लोकप्रिय दोहोरी गीतहरू प्रस्तुत गर्नेछन् । साथै, कार्यक्रममा स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।
साँझ ६ बजेबाट सुरु हुने उक्त कार्यक्रम भवानी भिक्षु युवा क्लब तौलिहवा कपिलवस्तुको आयोजनामा हुने भएको हो ।
दीपावलीको उत्सवलाई सांस्कृतिक र मनोरञ्जनात्मक बनाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा ठूलो दर्शक सहभागिता हुने अपेक्षा गरिएको छ ।
















































