Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सुख्खा डाँडोमा रहरलाग्दो अकबरे खेती

Author Avatar साझा न्यूज 28th October 2025 , 1:43 PM
सुख्खा डाँडोमा रहरलाग्दो अकबरे खेती

रेसुङ्गा(गुल्मी), कार्तिक ११ गते । अहिले सिचाइँको प्रशस्त सम्भावना भएका खोला किनारका उर्वर खेतबारी बाँझो बन्दै गएका छन् ।

तर, काम गर्ने इच्छाशक्ति भए असम्भव केही छैन भन्ने गतिलो उदाहरण धुर्कोट गाउँपालिका–१ नयाँगाउँ ओख्रेनीको अकबरे खेती हो । यहाँ सुख्खा र खुलखुले डाँडोमा लहरलाग्दो अकबरे खेती गरिएको छ ।

कृषि गर्न प्रयाप्त सिँचाइ चाहिने भए पनि आकाशे पानीकै भरमा चन्द्र र मीना ताम्राकार दम्पतीको ४० लाख रुपियाँको अकबरे बेच्ने योजनामा छ । ओख्रेनी कृषि तथा पशुपंक्षी फर्म मार्फत करिब ७० रोपनी बारीमा अकबरे खुर्सानी खेती भइरहेको छ ।

अहिले पाकेर राताम्मे अकबरे टिप्ने लहबरी चलिरहेको छ । अहिले स्थानीय र जिल्ला बाहिरका गरेर स्थायी सात र १५ देखि २० जना मौसमी कामदार फर्ममा छन् । ताम्राकारले अकबरे खुर्सानीको बजार र मुल्य राम्रो भएकाले बर्सेनी व्यवसाय थप्दै लैजानुभएको छ ।

ताम्राकारका अनुसार अहिलेसम्म ६० क्विन्टल रातो अकबरे खुसार्नी बिक्री भइसकेको छ । तिहारमा टिप्न नपाएका कारण अहिले बारीमा खुर्सानी पाकेर राताम्ये छन् । गाउँमा कामदार पाउन मुस्किल परिरहेको फर्म सञ्चालक ताम्राकारले बताउनुभयो ।

भदौबाट नयाँ अकबरे पाक्न सुरु भएकाले टिप्न र बजार पठाउन थालिएको छ । उहाँले भन्नुभयो, “खुर्सानी एकैचोटी धेरै मात्रमा टिप्ने हुँदा कामदार पनि धेरै चाहिन्छ । तर गाउँमा काम गर्ने कामदारको समेत अभाव खेपिरहेको छु ।”

उहाँले खुर्सानी मात्रै नभएर ४०/४५ क्विन्टल टमाटर, बन्दा र फूलगोपी ४० क्विन्टल, लौका ३० क्विन्टल र तिते करेला, धनियाँ तथा काँक्रा १५ क्विन्टल बिक्री भएको ताम्राकारले जानकारी दिनुभयो ।

उहाँले खुर्सानीले पानी खोजे पनि बर्सात नभएको र टयाङ्कीमा सङ्ककलन गरेको पानीले पर्याप्त सिँचाइ गर्न नसकिएको बताउनुभयो । अहिले सरदरमा प्रतिकिलो सरदर २०० रुपियाँमा खुर्सानी बिक्री हुन्छ ।

सुन्तला र केरा खेतीसहित बाख्रा र भैंसीपालन पनि गर्नुभएको छ । उहाँले लगानी, बजार र समग्र योजनामा आफैले काम गरे पनि कामको नेतृत्व श्रीमतीको मीनाको काँधमा छ ।

नयाँगाउँ जिल्लाकै सबैभन्दा बढी सुन्तला उत्पादन हुने ठाउँ हो । तर, बसाइसराइँले गाउँ खाली हुँदै जाँदा सुन्तलाका बगैचा अर्गेला बन्ने अवस्था छ । जसको कारण आफूले परदेशबाट आउँदा आम्दानी खाने गरेर ५०० बोट सुन्तला र स्थानीय जातका ३०० बोट केरा रोपेको ताम्राकारले बताउनुभयो । उहाँको बारीमा १२ वटा टनेलमा टमाटर छन् ।

मासिक १२ देखि २५ हजार रुपियाँ कमाउने कामदार फर्ममा कार्यरत छन् । स्थानीय व्यवसायी नारायण जिसीले सरकारका निकायले ओख्रेनीमा बिना सर्त सिँचाइ सुविधा उपलब्ध गराएर ताम्राकार दम्पतीलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।

कसैले नपत्याएको सुख्खा डाँडोमा नमुना अकबरे खेती गरेर सबैलाई काममा उत्साह भर्ने ताम्राकारहरुको ऊर्जालाई राज्यले मर्न दिन नहुनेमा जिसीले जोड दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज