Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मुख्यमन्त्री आचार्य र बेलायती प्रतिनिधि एन्ड्रु लङबीच भेटवार्ता, सुशासन र सहकार्यका विषयमा छलफल

Author Avatar साझा न्यूज 28th October 2025 , 6:53 PM
मुख्यमन्त्री आचार्य र बेलायती प्रतिनिधि एन्ड्रु लङबीच भेटवार्ता, सुशासन र सहकार्यका विषयमा छलफल

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र बेलायती दूतावासका सुशासन तथा सामाजिक विकास विभागका प्रमुख एन्ड्रु लङबीच मंगलबार भेटवार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय देउखुरीमा भएको भेटमा प्रदेशमा सुशासन सुदृढीकरण, संघीयताको कार्यान्वयन र विकास सहकार्यका विषयमा विस्तृत छलफल भएको थियो ।

भेटका क्रममा मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय सरकारहरूले आफ्ना निर्धारित कार्यक्रमहरू कार्यान्वयनको प्रक्रियामा अघि बढिरहेको जानकारी गराउनुभयो । उहाँले संघीयतालाई सुदृढ बनाउने र नागरिकको जीवनस्तर सुधार गर्ने दिशामा प्रदेश सरकार निरन्तर प्रयासरत रहेको बताउनुभयो ।

मुख्यमन्त्री आचार्यले नेपाल-बेलायतबीचको सम्बन्ध ऐतिहासिक र मित्रतापूर्ण रहेको उल्लेख गर्दै, पछिल्ला राजनीतिक परिवर्तनपछि मुलुकमा प्रत्यक्ष र अप्रत्यक्ष जटिलता देखा परेकाे र त्यसले प्रशासनिक तथा भौतिक संरचनामा असर पारेको बताउनुभयो ।

उहाँले प्रदेश सरकारले अघि सारेका कार्यक्रमहरूलाई निरन्तरता दिइरहेको र बेलायती सरकारबाट निर्दिष्ट कार्यक्रमहरूलाई पनि स्थायित्वका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो । संघीयतालाई बलियो बनाउने, जनतासँग जोडिएका कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न र सुशासन प्रवर्द्धनका क्षेत्रमा आपसी सहकार्यकाे आशा गरिएको उहाँको भनाइ थियो ।

मुख्यमन्त्री आचार्यले प्रदेशको आर्थिक अवस्था जटिलतातर्फ उन्मुख रहेकाे जानकारी दिदै चालू आर्थिक बर्षकाे लागि बिनियाेजन भएको बजेटमा २० प्रतिशत कटौती गर्ने निर्णय गर्नुपरेको जानकारी गराउनुभयाे । त्यस भित्र जनताको जीवनसँग प्रत्यक्ष सम्बन्ध भएका कार्यक्रमहरूमा कटौती नगर्ने नीति लिइएको स्पष्ट पार्नुभयो ।

सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि प्रदेश सरकारले पाँच वर्षे रणनीतिक योजना तयार पारेको जानकारी दिँदै उहाँले पाँच लाख रुपैयाँभन्दा माथिका योजना खुला प्रतिस्पर्धाबाट कार्यान्वयन गरेर पारदर्शिताकाे अभ्यास गरिएको बताउनु भयाे । उहाँले आगामी पाँच वर्षभित्र सुशासन र सेवा प्रवाहमा आमूल परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री आचार्यले युवाहरूको आवाज सुन्न र तिनका मुद्दा सम्बोधन गर्न प्रमुख सचिवको संयोजकत्वमा समिति गठन गरिएको जानकारी पनि दिनुभयो । उक्त समितिले प्रतिवेदनमार्फत सुझाव पेस गर्ने र त्यसका आधारमा प्रदेश सरकारले नीतिगत तथा व्यावहारिक काम अघि बढाउने बताउनुभयो ।

भेटका क्रममा बेलायती दूतावासका प्रतिनिधि एन्ड्रु लङले नेपाल र बेलायतबीचको सम्बन्ध अझ सुदृढ बनाउने र दुबै सरकार मिलेर सुशासन, विकास र संघीय अभ्यास सुदृढीकरणका क्षेत्रमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रदेशको आर्थिक वृद्धि, रोजगारी सिर्जना, तथा दोस्रो आवधिक योजनाको कार्यान्वयनमा बेलायती सहयोग रहने बताउनुभयो ।

भेटमा प्रदेश सरकारका सचिव कविन्द्र नेपालसहितका अधिकारीहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानमा विविध कार्यक्रम

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानमा विविध कार्यक्रम

कपिलबस्तुमा मनाइयो ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

कपिलबस्तुमा मनाइयो ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

भर्खरै प्रकाशित

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको चुनौती

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको चुनौती

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज